Shivam

अक्सफोर्ड मा. वि.मा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षामा ३.६ भन्दा धेरै जिपीए ल्याउने बिद्यार्थीलाई नगद र छात्रवृत्ति प्रदान

0
Burger


अक्सफोर्ड माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१/८२, अन्तर्गत कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ३.६० देखि ३.७४ सम्म जिपीए ल्याउने विद्यार्थीहरूलाई नगद रु ३,००० र छात्रवृत्ति एवं ३.७५ देखि माथि जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद रु १०,००० र छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा खेल सप्ताह-२०८१ मा सहभागी भई विजयी हुने सम्पूर्ण विद्यार्थीहरूलाई ट्रफी एवं मेडलद्वारा सम्मान गरिएको थियो भने विज्ञान संकाय अन्तर्गतको बहुवैकल्पिक परीक्षामा (PCM & PCB) विषय समूहमा प्रथम हुने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
साथै खेल सप्ताहमा संयोजकको भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण प्राध्यापकहरू एवं दोस्रो त्रैमासिक परीक्षाको शतप्रतिशत सफल नतिजा एवं शतप्रतिशत अभिभावक र विद्यार्थीहरूलाई उपस्थित गराउन सफल सम्पूर्ण कक्षा शिक्षकहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।