Shivam

कावासोती ३ मा माओवादी केन्द्र एक्लै घरदैलोमा

0
Burger
कावासाेती । बैशाख २४ । कावासाेतीमा काँग्रेस र माअाेवादी केन्द्र सहित पाँच दलीय गठबन्धन भए पनि कतिपय वडामा गठबन्धन दलहरूबिच अझै कुराकानी मिलेकाे छैन । नगर प्रमुख र उपप्रमुखमा काँग्रेस र माअाेवादीले बाँडेका छन् । कावासाेती नगर प्रमुखमा नेपाली काँग्रेसबाट महेन्द्र पाेख्रेल र नेकपा माअाेवादीबाट उपप्रमुखमा पतिराम थनेतलाई उठाईएकाे छ । मेयर र उपमेयरमा काँग्रेस, माअाेवादी र जनमाेर्चाकाे पूर्ण समर्थन रहेकाे छ भने जसपा र एकिकृत समाजवादीकाे पनि माैन समर्थन रहेकाे छ । कावासाेतीका धेरै जसाे वडामा सहमति मिली सकेकाे छ । तर कावासाेती ३ मा अझै पनि विचारधिन भनेर एक खुल्ला सदस्यमा काँग्रेस र माअाेवादीकाे कुरा मिलेकाे छैन । उम्मेद्वार मनाेनयन अघि नै कावासाेती ३ मा एक सदस्य माअाेवादी केन्द्रलाई दिने सहमति भएकाे थियाे तर सहमति छाेडेर काँग्रेसले पाँचैजनाकाे उम्मेद्वार दिएकाे स्राेतले बताएकाे छ । फिर्ता लिने समयसम्म फिर्ता अाउँछ भन्नेमा ढुक्क थिए माअाेवादी केन्द्र तर अन्तिम समयसम्म पनि फिर्ता भएन । समय सकिए पछि पनि लिखित सहमति गरेर एक सदस्य माअाेवादीलाई दिन सकिने जनाईकाे थियाे । माअाेवादी केन्द्रले हदैसम्म लचिलाे भएर अाफूले माग्दै अाएकाे वडाहरू पनि छाेड्दै अाएकाे जनाइएकाे छ । उपमेयरका लागि माअाेवादीले अाफूले जितेकाे वडा नं. १६ बाहेक अरू सबै छाेडेकाे छ । सेट नै जितेकाे कावासाेती १६ मा पनि २ सदस्य छाेडेकाे छ । अन्तिम सहमति अनुसार कावासाेती १ मा २ सदस्य, वडा नं. ४ मा १ सदस्य, ५ मा सदस्य, ८ मा १ सदस्य, १० मा १ सदस्य, १२ मा १ सदस्य, १४ मा २ सदस्य, १६ मा अध्यक्ष र २ सदस्य लिएकाे छ भने १७ मा एक सदस्य गरी नगरभरि १२ सदस्य मात्र पाएकाे छ । कावासाेती १६ मा एक सदस्य जनमाेर्चाकाे रहेकाे छ भने बाँकी सबै वडाका वडा सदस्यहरू काँग्रेसले लिएकाे छ । माअाेवदी केन्द्रले कावासाेती ३ मा सदस्यकाे रूपमा विन्दु पराजुली ढकाललाई उठाएकाे थियाे । अन्तिम समयसम्म पनि केही निर्णय र सहमति नभएपछि कावासाेती ३ ले मेयर उपमेयरलाई गठबन्धनकै तर्फबाट र सदस्यमा अाफूहरूलाई मात्र भाेट मागिएकाे जनाईएकाे छ । उम्मेद्वार फिर्ता लिने अन्तिम दिनसम्म फिर्ता नभए पनि कावासाेती २, ६, ७, ११, १५, र १७ मा एक एक सदस्य पछाडि हट्ने, कावासाेती १ र १४ मा वडाध्यक्षका उम्मेदवारसहित अरू २/२ जना सदस्य पछाडि हट्ने सहमति भएकाे जनाईएकाे छ ।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।