कावासाेतीमा जनपत्रकार संगठन अध्यक्ष सहित दर्जनाैं युवाहरू माअाेवादी केन्द्रमा समाहित
कावासाेती । बैशाख २५ । कावासाेतीमा अाज एक कार्यक्रममा नेकपा निकट जनपत्रकार संगठनका जिल्ला अध्यक्ष भानु चापागाई सहित दर्जनाैं युवाहरू माअाेवादी केन्द्रमा समाहित भएका छन् ।
चुनाव प्रचार अभियानकाे क्रममा
माअाेवादी केन्द्र र नेकपाबिच पुनर्मिलन नामक कार्यक्रममा विप्लव निकट पत्रकार संगठन जनपत्रकार संगठन, नवलपुर जिल्ला अध्यक्ष भानु चापागाईसहित दर्जनाैं युवाहरू माअाेवादी केन्द्रमा समायाेजन भएका हुन् । कावासाेती ३ मा रहेका नेकपाका सबै र केही एमालेमा ७५ जनाभन्दा बढि युवाहरू नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र)मा समायाेजन भएका हुन् । दश बर्षदेखि हराएकाे छाेराे जसरी घर अाउँदा खुशी हुन्छ, त्यसरी नै अाफू पनि खुशी भएकाे जनपत्रकार संगठनका संयाेजक भानु चापागाईले जनाउनु भयाे । अझै क्रान्तिकारी माअाेवादी एक गराउन, विप्लव, बैद्य र नयाँ बनेकाे धर्मेन्द्र बास्ताेलाकाे पार्टी पनि एकै भएर माअाेवादी अान्दाेलन जाेगाउनु पर्ने बताउनु भयाे । अहिलेकाे चुनाब सबै एक भएर गठबन्धनलाई जिताई प्रतिगामीलाई परास्त गर्नु पर्ने उहाँकाे भनाई छ ।
कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य किशन शर्मा, जिल्ला सचिव सुष्मा खनाल, गठबन्धन तथा माअाेवादी केन्द्रका उपमेयर उम्मेद्वार पतिराम थनेतले खादा, माला र अबिरले स्वागत गर्नु भएकाे थियाे ।