काे हुन् कावासाेतीकाे उपप्रमुखमा गठबन्धनका उम्मेद्वार पतिराम थनेत ?
कावासाेती । बैशाख २७ । कावासाेती १४ निवासी धर्ती पुत्र पतिराम थनेत कावासाेती नगरकाे उपप्रमुखकाे उम्मेद्वारकाे रूपमा हुनुहुन्छ । माअाेवादी केन्द्रकाे सिफारिसमा पाँच दलीय गठबन्धनकाे तर्फबाट उपमेयरकाे उम्मेद्वारकाे रूपमा उहाँ हुनुहुन्छ । यस अघिकाे स्थानीय चुनावमा माअाेवादी केन्द्रकाे तर्फबाट कावासाेती १४ काे वडाध्यक्षमा झिनाे मतले पराजित हुनु भएकाे थियाे ।
२०१७ सालमा पञ्चायतकाे प्रधानपञ्च रहनु भएका लाेकमान थनेतका नाती हुनुहुन्छ पतिराम । उहाँकै हजुरबुबाकाे पहलमा कावासाेती १४ त्रिभुवनटारमा रहेकाे जनता माध्यमिक विद्यालयकाे स्थापना २०१२ सालमा भएकाे थियाे । विद्यालयका संस्थापक लाेकमानकाे पहलमा ४ विघा जमिन समूहगत थनेत परिवार मार्फत साेही विद्यालयलाई दान दिईएकाे थियाे । त्यही विद्यालयकाे २०५९ सालमा विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष समेत रहनु भएकाे थियाे पतिराम थनेत ।
वि. सं.२०२२ सालमा त्रिभुवनटारमा जन्मिनु भएका पतिराम अाई सम्मकाे अध्ययन गर्नु भएकाे छ । अध्ययन सकिएसंगै वातावरणीय सम्बन्धि एनजिअाे मा नवलपुरमा नै केही समय जागिरेकाे रूपमा रहनु भएकाे थियाे । विद्यालयकाे अध्यक्षकाे कार्यकाल सकिएपछि २०६१ सालदेखि २०७३ सालसम्म १२ बर्ष साना किसान तथा कृषि सहकारीकाे सफल अध्यक्षकाे रूपमा रहनु भएकाे थियाे । साना किसान दुध डेरीकाे परिकल्पनाकार थनेत केन्द्रीय सहकारी संघकाे सचिव समेत हुनु भएकाे थियाे । साना किसान सहकारीकै राष्ट्रिय तालिम केन्द्रकाे संयाेजककाे रूपमा पनि उहाँ हुनुहुन्थ्याे ।
वि स २०७३ देखि ७५ सम्म पुन जनता माध्यमिक विद्यालयकाे अध्यक्षकाे रूपमा रहनु भएकाे थियाे ।
हाल थारू कल्याणकारी सभा, नवलपुरकाे सल्लाहकार, श्री सिरस्थान माई गुठीकाे ५६ सालदेखि हालसम्म सचिव रहनु भएकाे छ ।
माअाेवादी केन्द्रकाे यस अघिकाे जिल्ला समितिकाे सदस्य र हाल नगर समितिकाे काेषाध्यक्षकाे रूपमा हुनुहुन्छ ।
एउटा शालिन, भद्र र ईमान्दार नेताकाे रूपमा पतिराम थनेतलाई लिने गरेकाे पाईन्छ ।
थारू समुदायमा लाेकप्रिय नेताकाे रूपमा पनि उहाँलाई लिईन्छ ।