Shivam

कावासाेती १६ मा पुन माअाेवादीकै जित

0
Burger

नवलपुरको कावासोती नगरपालिकामा माओवादी केन्द्रले खाता खाेलेकाे छ ।
कावासाेतीमा कावासाेती १६ बाट मात्र माओवादीले वडाध्यक्षमा उम्मेद्वार उठाएकाे थियाे ।
गठबन्धन तर्फका उम्मेद्वार तथा माओवादी केन्द्रका तर्फबाट कावासाेती १६ काे वडाध्यक्षका उम्मेद्वार आनन्द श्रेष्ठ विजयी भएका हुन् ।
अन्यमा दुई सदस्य माओवादी केन्द्रबाट एक सदस्य जनमोर्चा र एक सदस्य नेपाली काँग्रेसबाट गठबन्धनको प्यानल सहित विजय हासिल भएको छ ।
जम्मा खसेकाे २८६७ मतमा विजयी भएका अानन्द श्रेष्ठले १५७१ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका उम्मेद्वार शिव गिरीले ११३८मत प्राप्त गरेका थिए ।
२०७४ काे स्थानीय तह निर्वाचनमा पनि कावासाेती १६ मा माओवादी केन्द्रकाे प्यानल नै निर्वाचित भएकाे थियाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।