Shivam

हराइरहेकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिकाकाे शनिश्चरेमा फेला पर्याे

0
Burger

पाेखरा । आइतबारदेखि हराइरहेकाे तारा एयरकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिकाकाे वडा नम्बर २ काेवाङ गाउँकाे सानुसुरे भन्ने स्थानमा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान हिजो बिहान १० बजेर ७ मिनेटमा सम्पर्क विहीन भएको थियो।
सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका थिए खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएकाे थिएन ।

विमानकाे खाेजीमा फिस्टेल एयर र नेपाली सेनाको एमआई-१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका थिए। हराइरहेकाे सबैलाइ सकुशल रहेकाे खबर सुन्न आफन्तहरु पाेखरा विमानस्थलमा केन्द्रित भएका छन् ।

गाेरखाकाे शहिदलखन गाउँपालिकाका एकै घरका चार जना नागरिकहरु समेत साेही विमानमा रहेकाे खबर पछि पालिका अध्यक्ष रमेश थापा मगर आइतबार नै पाेखरा पुगेर घटनाकाे सत्यतथ्य खाेजिरहेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।