Shivam

प्रेस सेन्टर नवलपरासी पश्चिमका अध्यक्ष पाेख्रेलकाे रूखबाट लडेर निधन

0
Burger

गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ ।
धुर्काेट गाउँपालिका -४ जैसिथाेक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पाेख्रेलकाे मंगलबार मृत्यु भएको हाे ।
पाेखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपकाे रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए ।
पाेख्रेल नवलपरासीस्थित रेडियो दाैतरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । उनी भेटघाटकाे लागि पाँच दिनअघि घर आएका थिए ।
पाेखरेलले विगत लामाे समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटकाे लागि पाँच दिनअघि पाेखरेल घर आएका थिए । असामयिक निधन भएकाेमा प्रेस सेन्टर केन्द्रीय समितिले शाेक पत्र निकालेकाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।