नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नवलपुरकाे प्रथम जिल्ला भेला कावासोतीमा सम्पन्न
विशालकाे संयाेजकत्वमा १७ सदस्सीय समिति निर्माण

कावासोती, नवलपुर
नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) नवलपुर जिल्लाको प्रथम जिल्ला भेला आज कावासोतीमा सम्पन्न भएको छ । पार्टी केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी व्युरो इन्चार्ज शार्दुलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमकाे अध्यक्षता विशालले गर्नु भएकाे थियो । जिल्ला भेलाले विशाल संयोजक रहने गरी १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शार्दुलले वैज्ञानिक समाजवाद प्राप्त गर्न वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा लामबद्ध हुनुपर्ने बताउनु भएकाे छ । नेपाली क्रान्तिको अविभारा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले जुनसुकै मुल्य चुकाउन परे पनि वैज्ञानिक समाजवाद प्राप्त गरि छाडने बताउनु भयो । भेलालाई केन्द्रिय सल्लाहकार सदस्य विश्वास र नवौं महाधिवेशन आयोजक समिति सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज वन्दनाले सम्बोधन गर्नुभएको थियो ।
