Shivam

डण्डामा किसान आन्दोलन दिवस कार्यक्रम सम्पन्न ।

0
Burger

कावासाेती । असार ६ । आज कावासोती १६ डण्डामा किसान आन्दोलन दिवस तथा रुपचन्द्र बिष्ट स्मृति कार्यक्रम सप्पन्न भएको छ । हरेक बर्ष असार ६ गते किसान अान्दाेलन दिवस र असार ७ गते रूपचन्द्र बिष्ट स्मृति दिवश मनाउने गरिन्छ । दुवै दिनकाे संयुक्त कार्यक्रम अाज रेडियाे शहिदनगरकाे सभाहलमा भएकाे हाे । निर्मल लामा स्मृति प्रतिष्ठान नवलपुर शाखाका अध्यक्ष गुरू प्रसाद अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पुराना बामपन्थी नेताहरूकाे उपस्थिति रहेकाे थियाे । बामपन्थी नेताहरू किशन शर्मा गैह्रे, रमेश पंडित, शालिकराम भट्टराई, धर्म के सी, गाेविन्द प्रसाद अधिकारी लगायत स्वतन्त्र व्यक्तिहरू श्याम शर्मा भूसाल, तुलसी भुसाल लगायतकाे उपस्थिति रहेकाे थियाे । बाम पार्टीका प्रतिनिधि र किसान संघकाे प्रतिनिधिहरुको उपस्थितिमा भएकाे कार्यक्रममा बोल्ने बक्ताहरुले जुगेडी बिद्रोह र रुपचन्द्रको थाहा बिद्रोह लगायको चर्चा गरिएको थियोे जसको कारण आज किसानहरु आफ्नो हक हित को लागि लड्न सकेका छ्न् भन्ने चर्चा थियो । कार्यक्रमको आयोजना माक्र्सिय गुरुकुल, निर्मल लामा स्मृति प्रतिष्ठान र नर बहादुर कर्मचार्य स्मृति प्रतिस्ठान, नवलपुर रहेकाे थियाे । कार्यक्रमको सहजीकरण लाेकप्रसाद भूर्तेलले गर्नु भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।