Shivam

नवलपुरमा डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

0
Burger

नवलपुर । अविरल वर्षाका कारण  खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् ।

बाटो खुलाउनका लागि दुम्किबासबाट प्रहरी टोली खटिएको र बाटो खुल्न केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले जानकारी दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।