स्थानीय तहसंग विकास र वातावरणका बीच समन्वय गर्न कावासोतीमा अन्तरकृया
ज्ञानु पंगेनी कावासोती । विकास र वातावरणका बीच समन्वय गर्न कावासोतीमा अन्तरकृया गरिएको छ ।
डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा भएको अन्तरकृयामा वातावरणलाई जोगाउँदै विकास निर्माणका काम कसरी गर्न सकिन्छ ? र सरोकारवाला निकायबीच एकआपसमा समन्वय, सहकार्य गर्ने बारेमा छलफल गरिनुका साथै प्रतिबद्धता समेत जनाइएको छ ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले वन क्षेत्र र वातावरणको विषयलाई विकासमा कसरी लैजाने भन्ने बारेमा प्रस्तुती राख्नुभएको थियो । उहाँले वन वातावरण र विकास टट्कारो रुपमा उठेको विषय भएकाले समेत यस विषयमा सम्बन्धीत निकायले सचेत भएर काम गर्न जरुरी रहेको बताउनुभयो । नेपालको र नवलपुरकै सन्दर्भमा विकासका रुपमा लिइने मुख्य काम पहुँच पु¥याउनु अर्थात् बाटोघाटो निर्माण गर्दा ध्यान नदिएका कारण विभिन्न समस्याहरू देखा परेको काफ्लेले बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मल्याङ्कन नगरी गरिने कतिपय यस्ता कार्यले पहिलो जाने , भू– क्षय हुने , भौतिक तथा मानवीय क्षति हुने गरेको बताउनुभयो । उहाँले नेपालको प्राकृतिक अवस्थित र मानवीय कृयाकलापले गर्दा वन वातावरणमा बढी असर परिरहेको बताउँदै भएका विकास र अब हुने विकासका सन्दर्भमा संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले आइइइ गर्दा सम्बन्धीत निकायलाई समेत समयमै जानकारी दिने हो भने काम सुरु भएपछि आउने कतिपय समस्याहरू समाधान हुने बताउनुभयो ।
आइइइ गरेर गर्नुपर्ने विकास निर्माणका कामहरूमा सुरुमा जानकारी नै नहुने तर , सुरु भएपछि विवाद आएपछि त्यसलाई रोक्नका लागि डिभिजन वन तथा अन्य सरोकारवाला निकाय लाग्नुपर्ने अवस्था आइरहेकाले यस्तो अवस्थाको अन्त्य गर्नका लागि एकआपसमा समन्वय हुन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले वन वातावरणलाई जोगाउँदै विकासलाई अघि बढाउने एउटै समाधान भनेको दिगो विकास रहेको बताउनुभयो । उहाँले दिगो विकासलाई अगाडि बढाउने हो भने , सामाजिक , आर्थिक , वातावरणमैत्री , वातावरणले धान्न सक्ने कृयाकलाप गरेर सन्तुलित रुपमा विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नवलपुरको कावासोती नगर प्रमुख विष्णु प्रसाद भुसाल , मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारी , गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारी , हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे , जिल्ला समन्वय समिति उपप्रमुख शकुन्तला लम्साल लगायत जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द शर्मा , सिँचाइ तथा जलश्रोत कार्यालय , पूर्वाधार विकास कार्यालय , पत्रकार लगायतका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सबै पालिकाहरूको प्रतिनिधित्व गर्दै मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बोल्नुभएको थियो । उहाँले समाजमा विद्यमान अवस्थामा विकास र वातावरणबीच द्धन्द्ध छ । यदि यो द्धन्द्धलाई समाधान गरेर लैजान सकिएन भने समाजलाई विनासतर्फ लैजान सक्ने , भोलीको समयमा अत्यन्तै ठूलो क्षति हुने बताउनुभयो । विकास र वातावरणबीचको समन्वयलाई सरोकारवाला मात्र नभइ आम नागरिक समक्ष पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले आउदा दिनमा स्थानीय तहले सम्बन्धीत निकायसंगको समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।