Shivam

पुष्पलालकाे ४४ अाैं स्मृति दिवस मनाईयाे

0
Burger

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव  पुष्पलालकाे ४४ अाैं स्मृति दिवश नवलपुरमा पनि मनाईएकाे छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुर शाखाकाे अायाेजनामा कावासाेती १६ स्थित रेडियाे शहिदनगरकाे सभाहलमा सम्पन्न भएकाे हाे ।

पुष्पलाल श्रेष्ठले कम्युनिष्ट अान्दाेलनकाे क्रममा देशमा भएका विभिन्न उत्पिडनकाे विरूद्धमा अावाज उठाएका कार्यक्रमका प्रमुख अतिथि माअाेवादी केन्द्रका पाेलिट व्यूराे सदस्य तथा राष्ट्रिय सभा सदस्य सुरेश अाले मगरले बताउनु भएकाे छ । पुष्पलालले कम्युनिष्ट पार्टीकाे स्थापना गरेर गरिब, सर्वहाराकाे अावाज उठाउँदै अन्याय, अत्याचारकाे विरूद्ध लड्न सिकाएका समेत उहाँले बताउनु भयाे ।
त्यसैगरी कार्यक्रममा माअाेवादी केन्द्रका पाेलिटव्यूराे सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्मा गैह्रेले यस्ता हाेनाहार व्यक्तिकाे याेगदानलाई हामीले बिर्सेर बस्न नहुने बताउनु भयाे । सादा जीवन उच्च विचारका नेता पुष्पलालकाे विचार जस्तै हामी सबैकाे विचार भए देशकाे विकास चाँडै हुने समेत बताउनु भयाे ।

कार्यक्रममा पुराना बामपन्थी नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

पुष्पलालकाे जन्म वि. सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लामा भएकाे थियाे । १५ बर्षकाे उमेरदेखि राजनितिमा हाेमिनु भएका पुष्पलालकाे निधन वि स २०३५ श्रावण ७ गते भएकाे थियाे । पुष्पलाल श्रेष्ठ शहिद गंगालाल श्रेष्ठका भाई हुन् । २००६ अप्रिल २२ का दिन कलकताकाे एउटा घरमा पुष्पलाल, निरंजन गाेविन्द वैद्य, नर बहादुर कर्माचार्य, नारायण विलास जाेसी र दुर्गादेवी नेपाली सहित ५ जनाले नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना गरेका हुन् । तिनै स्थापना गर्ने मध्येका पुष्पलाल श्रेष्ठ एक हुन्

पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुर शाखाका अध्यक्ष धनञ्जय शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव शालिकराम भट्टराईले गर्नु भएकाे थियाे ।

साथै साेही कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाकाे पुनर्गठन समेत‌ गरिएकाे छ । जसकाे जिल्ला कार्य समितिकाे अध्यक्षमा धर्म के सी, उपाध्यक्षमा सुष्मा काफ्ले, सचिवमा गणेशमान महताे, सहसचिवमा अर्जुन अविरल र काेषाध्यक्षमा लाेकप्रसाद भूर्तेल चयन हुनु भएकाे छ । त्यसैगरी सदस्यहरूमा पतिराम थनेत, रमिला भूजेल, झविलाल राना, अग्निधर पाठक, गिरीराज सिग्देल, श्याम शर्मा भूषाल सहित ११ सदस्सीय जिल्ला कार्यसमिति चयन गरिएकाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।