कवि साेतीकाे जन्मदिनमा साधनाकाे ५५ अाैं शृङ्खला
कवि दिपक साेतीकाे ७४ अाैं जन्मदिन बुधबार उहाँकै निवास कावासाेती १२ पिठाैलीमा मनाईएकाे छ । साधना सङ्गम, नवलपुरकाे ५५ अाैं शृङ्खला मानिएकाे उक्त कार्यक्रममा कावासाेती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरूङ्ग प्रमुख अतिथि रहनु भएकाे थियाे ।
कावासाेती नगरले कला र साहित्यलाई पनि उच्च सम्मान गर्दै साहित्यिक संघ, सस्थासंग सहकार्य गरेर अघि बढ्ने गुरूङ्गले बताउनु भयाे । कवि दिपक साेतीकाे सम्मानमा कावासाेती नगरपालिकाले याे बर्षमा उहाँकाे एउटा पुस्तक प्रकाशन गरिदिने बताएकाे छ ।
कार्यक्रममा साेतीकाे बिषयमा लेखिएका कविता र शुभकामना व्यक्त गरिएकाे थियाे ।
प्रगतिशिल लेखक किशन शर्मा,
सञ्चारकर्मी सागर पाेख्रेल, सञ्चारकर्मी तथा साहित्यकर्मीहरू रामकुमार श्रेष्ठ, दयाराम अाचार्य, नारायण प्रभू, राजु सुवेदी कल्पित
साहित्यकर्मी मुक्ति ढकाल, करूण लम्साल, बिक्रम ढकाल, टि पि सापकाेटा, लाेक प्रसाद भूतेंल लगायतले रचना बाचन तथा शुभकामना प्रदान गर्नु भएकाे थियाे ।
वि स २००६ साल श्रावण ११ गते लमजुङकाे कुञ्छामा जन्मनु भएकाे हाे । तनहूँ, मकवानपुर हुँदै हाल नवलपुरकाे पिठाैलीमा हुनुहुन्छ । उहाँका विभिन्न कविता संग्रह, काव्य, शाेककाव्य र फुटकर कविताहरू प्रकाशित छ । म्याउँ म्याउँ बिरालाे बालगीत पनि अाफैले लेखेकाे उहाँकाे दाबी छ । विभिन्न संस्थाबाट मान सम्मान समेत पाईसक्नु भएका कवि दर्जनाैं संस्थाकाे सल्लाहाकारकाे रूपमा हुनुहुन्छ ।।।।
साधना संगमका अध्यक्ष अर्जुन अविरलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण देवचुली साहित्य समाजका अध्यक्ष अादर्श शुशिलले गर्नु भएकाे थियाे ।