नवलपुरमा पनि लघुवित्तिय संस्थाकाे विरूद्धमा अान्दाेलन चर्किदै
देशभर लघुबित्त वित्तिय संस्थाकाे विरूद्धकाे कार्यक्रम बनिरहँदा नवलपुरमा पनि अान्दाेलनकाे तयारी बनिरहेकाे छ । केही दिन अगाडि केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीकाे सक्रियतामा कावासाेती १६ मा जिल्लास्तरीय भेला गरी ३५ सदस्सीय लघुबित्त संघर्ष समिति निर्माण भएकाे थियाे । जसकाे नेतृत्व नर्मदा शाहले गर्नु भएकाे छ । उहाँकै सक्रियतामा जिल्लाका विभिन्न पालिकामा पालिका स्तरीय र पालिका भित्रका विभिन्न वडाहरूमा वडास्तरीय समिति निर्माण भईरहेकाे छ । मंगलबार हुप्सेकाेट १ मा संघर्ष समिति निर्माण भएकाे छ । यस अघि कावासाेती र मध्यविन्दुकाे विभिन्न वडाहरूमा संघर्ष समिति बनेकाे संघर्ष समितिका जिल्ला अध्यक्ष नर्मदा शाहले जनाउनु भएकाे छ । संघर्ष समितिले पहिलाे चरणमा विभिन्न लघुबित्तमा पसेर समूह बैठक नगराउन उल्लेख गरिएकाे पत्र बुझाएकाे छ ।
केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीद्वारा प्रकाशित अपिलमा असाेज २५ गते काठमाण्डाैंमा बृहत् रूपमा बिराेध कार्यक्रम गरिने र साे भन्दा अघि सबै लघुबित्तका सामूहिक बैठकहरू बहिष्कार गर्न अनुराेध गरिएकाे छ ।
लघुबित्तले महंगाे व्याज लगाएकाे, बचतमा भएकाे पैसाकाे कम व्याज दिएकाे, उत्पादन क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा लगानी गरेकाे, चर्काे सेवा शुल्क लिएकाे, किस्ता उठाउने नाममा कर्मचारीहरूले ज्यादती गरेकाे अाराेप उनिहरूले लगाएका छन् । यसै कारणले कैयाैं महिलाहरूले अात्महत्या गरेका, कतिपय बेपत्ता भएका, कैयाैंकाे घरबार बिग्रिएकाे जनाईएकाे छ ।
संघर्ष समितिले ५ बुँदे ज्ञापन पत्र बनाएर सरकारलाई पनि बुझाएकाे छ । जसकाे पहिलाे बुँदामा नवसामन्तीकाे रूपमा स्थापित लघुवित्तिय संस्था खारेज गर्न माग गरिएकाे छ । दाेस्राे बुँदामा संस्थाद्वारा लगाईकाे सामुहिक ऋण मिनाहा गर्न भनिएकाे छ । त्यसैगरी गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्न, अावश्यकता र क्षमतामा अाधारित काम र दामकाे व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रकाे विकास गर्न माग गरिएकाे छ ।
यिनै मागहरूकाे समर्थनमा चितवन, दाङ्ग लगायतका ठूला शहरहरूमा संघर्षका कार्यक्रम गरिसकेकाे छ । यी लगायतका विभिन्न जिल्लाहरूमा संघर्ष समिति निर्माण भईरहेकाे छ ।