माअाेवादी केन्द्र देवचुली नगरले गर्याे उम्मेद्वारकाे सिफारिस

नवलपुर ।
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) देवचुली नगर समितिले अाउँदाे चुनावकाे लागि माथिल्लाे समितिमा अाफ्नाे क्षेत्रमा रहेका उम्मेद्वारहरूकाे सिफारिस गरेकाे छ ।
देवचुली नगरपालिका नवलपुरकाे प्रतिनिधिसभा क्षेत्र नं. १ मा पर्दछ भने क्षेत्र नं. १ काे प्रदेश सभा क र ख दुवैलाई छाेएकाे छ । देवचुली नगर समितिले देवचुलीबाट प्रतिनिधि सभा क्षेत्र नं . १ बाट प्रत्यक्ष निर्वाचनकाे लागि ठाकुर प्रसाद चापागाई र ईन्द्रमणि भुषाललाई सिफारिस गरेकाे छ । ठाकुर चापागाई माअाेवादी केन्द्रका केन्द्रीय सल्लाहाकार सदस्य हुनुहुन्छ । यस अघि २०६४ काे संविधान सभाकाे निर्वाचनमा १ नं. क्षेत्रबाट नै उम्मेद्वार रहनु भएकाे थियाे । ईन्द्रमणी भूषाल माअाेवादी केन्द्रकाे पूर्व जिल्ला समिति सदस्य तथा तथा पूर्व नगर अध्यक्ष हुनुहुन्थ्याे भने किसान संघकाे जिल्ला अध्यक्ष समेत भईसक्नु भएकाे थियाे । प्रतिनिधि सभा क्षेत्र नं. १ बाट समानुपातिककाे लागि दिपक वि क र ईश्वरी महताेलाई सिफारिस गरिएकाे छ । त्यसै गरी प्रदेश सभा १ (क) मा सूर्य न्याैपाने र १ (ख) मा लाेक प्रसाद भूर्तेलकाे नाम सिफारिस गरिएकाे छ । सूर्य न्यापाने २०७४ काे चुनावमा साेही क्षेत्रबाट उम्मेद्वार हुनुहुन्थ्याे । हालका मुख्यमन्त्री कृण्णचन्द्र नेपालीसंग झिनाे मतले पराजित भएका थिए । लाेकप्रसाद भूर्तेल हाल माअाेवादी केन्द्र, नवलपुरकाे जिल्ला कार्यलय सचिव हुनुहुन्छ । प्रदेश सभा १(क) बाट समानुपातिक तर्फ जयन्ती रिजाल श्रेष्ठ र भुपाल बहादुर लुङ्गेलीकाे नाम सिफारिस गरेकाे छ । त्यसैगरी १ (ख) बाट गाेमा घिमिरे र जस बहादुर सारूकाे नाम सिफारिस गरेकाे छ ।
देवचुली नगर समितिका अध्यक्ष सत्यनारायण भूषालकाे अध्यक्षतामा अाईतबार दलदलेमा बैठक बसेकाे थियाे ।
