राष्ट्रिय दलित आयोगको नवलपुर भ्रमण
अविरल न्यूज, भाद्र ९ , नवलपुर राष्ट्रिय दलित आयोग नेपालका सदस्य तथा प्रबक्ता माननीय सुन्दर पुर्कोटिले नवलपुर जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समितिको कार्यलय र जिल्ला प्रहरी कार्यलयका प्रमुख लगायतका लाई भेटघाट गर्नु भएको छ । भेटघाटमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, समन्वय समिति र पालिकाको कार्यलयले दलित समुदायलाई दिने सेवा सुबिधा, लक्षित कार्यक्रम, भाबी योजना, दलित समुदायको सहभागिता र अवस्थाका बारेमा बुझ्नु भएको थियोे । दलित समुदायको हक हित र न्यायको लागि कानुनी प्रावधानको बाटोको बारेमा समेत जानकारी दिदै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वयलाई सुझाव तथा शुभकामना पनि दिनु भएको थियोे । कार्यक्रममा जिल्ला समन्वयका प्रमुख बाबुराम बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी प्रमुख उज्ज्वल महर्जन, कावासोती नगरपालिकाका कार्यकारी अधिकृत राकेश गुरुङले आ – आफ्नो धारणा राख्नु भएको थियोे । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, दलित अधिकारकर्मीको समेत उपस्थिति रहेको थियोे ।