Shivam

माअाेवादी केन्द्र नवलपुरकाे जिम्मेवारी बाँडफाँड, जिल्ला संयाेजकमा बालकृण्ण रानाभाट

0
Burger

अर्जुन अविरल । नवलपुर ।

नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) गण्डकी प्रदेशकाे भाद्र १२ गते बसेकाे बैठकले नवलपुर जिल्लाकाे विभिन्न जिम्मेवारी बाँडफाँड गरेकाे छ । साथै जिल्ला संयाेजकमा बालकृण्ण रानाभाटलाई ताेकेकाे छ । यस अघि जिल्ला संयाेजकमा धनप्रसाद सापकाेटा हुनुहुन्थ्याे उहाँ केन्द्रीय समितिमा मनाेनित भएपछि प्रदेश समिति सदस्य रहनुभएका बालकृण्ण रानाभाटलाई माअाेवादी केन्द्र, जिल्ला समन्वय समिति, नवलपुरकाे संयाेजक ताेकिएकाे हाे ।
उक्त बैठकले प्रदेश समिति सदस्यमा
नवलपुरबाट १० जना थपेकाे छ । बैठकबाट लाेकप्रसाद भूर्तेल (भिषण), कृष्णप्रसाद भट्टराई (सागर), चेतनाथ पाेख्रेल, डासीराम बस्याल (माईकल), पूर्णकला भूषाल (प्रतिमा), पूर्णकुमारी थापा (कुशलरक्षा), देवि अधिकारी (समिक्षा), सरला नेपाल पाेख्रेल र प्रेमा खनाललाई थपेकाे हाे ।
२०७८ मंसिर २५ गतेकाे प्रदेश अधिवेशनबाट दमयन्ती रुचाल (ऋतु), चन्द्र बहादुर थापा (समर), ईश्वरी महतो (पूर्णिमा), यम सारु, टंक पुलामी, नेत्र सुनार र गोपी कंडेल गरी ७ जना चयन हुनु भएकाे थियाे भने बाँकी १२ गतेकाे बैठकबाट थपिनु भएकाे हाे । अधिवेशन अगाडि नै प्रदेशमा समितिमा मित्रशरण शर्मा (विहानी) बालकृण्ण रानाभाट (साहास), सुष्मा खनाल (सम्झना), तारा भूषाल र कृण्ण प्रसाद पराजुली (परिवर्तन) रहनु भएकाे थियाे । अहिले मित्रशरण शर्मा प्रदेश उपाध्यक्ष र सुष्मा खनाल जिल्ला सचिव हुनुहुन्छ । प्रदेश समितिमा नवलपुरबाट २२ जना प्रतिनिधित्व गर्नु भएकाे छ ।
त्यसैगरी बैठकबाट पाेलिटव्यूराे सदस्य किशन शर्मालाई नवलपुर क्षेत्र नं. २ काे ईन्चार्ज, केन्द्रीय सदस्य धनप्रसाद सापकाेटालाई क्षेत्र नं. १ काे ईञ्चार्ज, क्षेत्र नं. १ (क) ईञ्चार्जमा कृण्ण प्रसाद पराजुली (परिवर्तन), १ (ख) काे ईञ्चार्जमा बालकृण्ण रानाभाट, २ (क) काे ईञ्चार्जमा सुष्मा खनाल, २ (ख) काे ईञ्चार्जमा तारा भूषाललाई जिम्मेवारी दिईएकाे छ । त्यसैगरी पालिका ईञ्चार्जहरूमा गैडाकाेटमा कृण्ण प्रसाद भट्टराई (सागर) देवचुलीमा नेत्र सुनार, कावासाेतीमा मित्रशरण शर्मा ( विहानी ), मध्यविन्दुमा डासीराम बस्याल (माईकल), बिनयी त्रिवेणीमा दमयन्ती रूचाल (ऋतु), हुप्सेकाेटमा चन्द्र बहादुर थापा (समर), बाैदीकालीमा टंक पुलामी र बुलिङ्टारमा सूर्य न्याैपानेलाई जिम्मेवारी ताेकिएकाे छ र बाँकी रहेका प्रदेश समितिका सदस्यहरू अा अाफ्नाे पालिकामा सहईञ्चार्ज रहने प्रदेश उपाध्यक्ष मित्रशरण शर्माले जानकारी दिनु भयाे ।
त्यसैगरी प्रदेशकाे बैठकबाट नै जिल्ला समन्वय समितिलाई पनि पूर्णता दिईएकाे छ । अधिबेशन सकिएका ७ वटा पालिकाबाट ५/५ जना, बुलिङ्टारबाट २ जना र प्रदेश समितिका २२ जना सदस्यहरू पदेन रहने गरी थप १५ जना थपेर ७४ सदस्सीय जिल्ला समन्वय समिति निर्माण गरिएकाे छ । जिल्ला समन्वय समितिमा पूर्व जिल्ला सदस्य रहेका तर प्रदेश र पालिकाकाे पदाधिकारीमा नरहनु भएकालाई राखिएकाे छ । जिल्ला समन्वय समितिमा बलराम जि सि (पवन), अर्जुन अविरल, बलराम ढकाल, ईश्वर पाेख्रेल, खलबहादुर बुढा, तारा शर्मा, षडानन्द सापकाेटा, सानुकाजी डंगाेल, नेत्र पाण्डे, गाेमा दवाडी, चुडा बहादुर अाले, माेहन कार्की र दुर्गा रसाइली चयन हुनुभएकाे छ । एक जनाकाे निर्णय गर्न बाँकी रहेकाेले अहिले ७३ जनाकाे जिल्ला समन्वय समिति बनाईएकाे प्रदेश उपाध्यक्ष विहानीले जानकारी गराउनु भयाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।