नवलपुर क्षेत्र नं. २ काे संघ र प्रदेशमा एमालेबाट २९ जनाकाे उम्मेद्वारी
कावासाेती । संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर २ मा २९ जनाकाे नाम सिफारिस भएको छ । संघ र दुईवटा प्रदेश क्षेत्रमा प्रत्येक्ष तथा समानुपातिक गरि २९ जनाकाे नाम सिफारिस भएको एमाले प्रचार तथा प्रकाशन विभाग नवलपुरका संयाेजक सागर पाेख्रेलले जानकारी दिनुभयो ।
जस अनुसार नवलपुर २संघ तर्फ प्रत्येक्षमा तिलक महतकाे एकल नाम सिफारिस भएको छ।
समानुपातिक तर्फ भने ज्ञान बहादुर बाेटे, सुरज कुमार कहार र दान कुमारी पाण्डेकाे नाम सिफारिस भएको छ ।
प्रदेशसभा तर्फ दुईकाे क मा प्रत्येक्षमा सुर्य प्रसाद पाण्डे ,पद्मा जिसी श्रेष्ठ र माेहदत्त अधिकारीकाे नाम सिफारिस भएको छ । समानुपातिकमा क मा लिला पोख्रेल थनेत,युक्तप्रसाद गाैडेल, नेत्र बहादुर विश्वकर्मा, चिन्तामणी महताे चौधरी, पूर्ण प्रकाश सुनार, सरस्वती पन्थी, प्रेमशंकर मर्दनिया, बाल प्रसाद ठाडा मगरकाे नाम सिफारिस भएको छ ।
२ काे ख मा प्रत्येक्ष तर्फ लक्ष्मण बहादुर पाण्डे ,पदमराज लम्साल, कर्ण बहादुर सुनारी, बाबुराम पाण्डे, रामप्रसाद आचार्य यस्तै समानुपातिक तर्फ दिपक विश्वकर्मा, सागर लुइटेल, जोगमाया महतो, लक्ष्मी सुनार, रन्नता काफ्ले, राधा ढकाल, सरिता शर्मा भट्टराई, सुनिता गहतराज सुनार र केवल बहादुर पाल्पालीकाे नाम जिल्ला किमिटिमा सिफारिस भएको छ । आज आकाङ्क्षा देखाउनेकाे नामावली संकलन गरि आएका सबै नाम जिल्लालाई सिफारिस गरिएको हाे ।