माअाेवादी केन्द्र नवलपुरद्वारा प्रचण्ड सहितकाे नाम सिफारिस, मुख्य दुई पालिकाले गरे बहिष्कार
माअाेवादी केन्द्र नवलपुरद्वारा प्रचण्ड सहित ४४ जना उम्मेद्वारकाे नाम सिफारिस, मुख्य दुई पालिकाले गरे बहिष्कार
नवलपुर । भाद्र २० । माअाेवादी केन्द्र नवलपुरकाे देवचुलीमा आईतबार बसेकाे जिल्ला समन्वय समितिकाे बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवार गरि ४४ जनाकाे नाम सिफारिस गरेकाे छ । जिल्लामा भएकाे दुईवटा संघ र चारवटा प्रदेशकाे क्षेत्रमा ५/५ जनाकाे नाम माग गरेकाे थियाे त्यसै अनुसार प्रत्यक्षमा मात्रै ३० जनाकाे नाम परेकाे छ ।
नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकाेटाले बताए ।
नवलपुरकाे क्षेत्र नम्बर एककाे प्रतिनिधि सभामा प्रचण्ड सहित ५ जनाकाे उम्मेदवार सिफारिस गरेकाे छ । जसमा पुष्पकमल दाहाल प्रचण्ड, ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकाेटा र पार्वती आचार्यकाे नाम सिफारिस गरिएकाे छ ।
यसै गरि नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा “क”काे प्रत्यक्ष उम्मेद्वारमा धन प्रसाद सापकाेटा, मित्रशरण शर्मा, सुर्य न्याैपाने, बलराम चालिसे र अम्बिका सापकाेटाकाे नाम सिफारिस गरेकाे छ। प्रदेश “ख” मा लाेक प्रसाद भुर्तेल “भिषण”, पूर्णकला भुसाल “प्रतिमा”, हुकुम सुवेदी, प्रेमा खनाल र दुर्गा भुसाल लाई सिफारिस भएकाे सापकाेटाले बताए ।
त्यसैगरी नवलपुर २ काे प्रतिनिधिसभाकाे प्रत्यक्ष उम्मेद्वारीमा माअाेवादी केन्द्रकाे पाेलिटव्यूराे समेत रहेका किशन शर्मा (बालकृण्ण गैरे), डासीराम बस्याल (माईकल), प्रेम बस्नेत, सरला खनाल र दुर्गा रसाईलीलाई सिफारिस गरेकाे छ।
२ (क) काे प्रदेशसभामा प्रत्यक्ष उम्मेद्वारमा चेतनाथ पाेख्रेल, चन्द्र बहादुर थापा (समर), रामराज पन्डित, साैगम कुमार श्रीपाली (साेम) र हेमकुमारी सुनारलाई सिफारिस गरेकाे हाे ।
यसै गरि २ (ख) काे प्रदेश सभामा प्रत्यक्ष उम्मेद्वारमा तारा प्रसाद भुसाल (गगन), कृण्ण प्रसाद पाण्डे, हरी पाण्डे, खुमकान्त अधिकारी अनन्त र रूकमाया पुन मगरलाई सिफारिस गरेकाे छ ।
समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, कृष्ण प्रसाद पराजुली, सुष्मा खनाल, कृण्ण प्रसाद भट्टराई, पूर्णा थापा मगर, धर्म केसी, नेत्र सुनार, टिकाराम घर्ती, टंक पुलामी, दमयन्ती रूचाल, ईश्वरी महताे, देवि अधिकारी (थापा), लक्ष्मी खाँड, रमिला भुजेललाई सिफारिस गरिएकाे अध्यक्ष सापकाेटाले बताएका छन् । कसलाई कुन संघ, प्रदेश छुट्टाईएकाे छैन ।
बैठकमा कावासाेती र देवचुलीका अधिकांश नगर पदाधिकारी जाे जिल्ला समन्वयमा परेका छन् उहाँहरूकाे उपस्थिति थिएन । यस अघि प्रदेश समितिले प्रदेश सदस्य र पालिका ईञ्चार्ज बनाएर पठाउँदा मनाेमानी गरेकाे, गाेजीकाे मान्छे पठाएकाे हुनाले कावासाेती र देवचुलीका बहुमत नगर पदाधिकारीले राजिनामा बुझाएका थिए । राजिनामाकाे बिषयमा केही पनि छलफल नगरी बाेलाईएकाे बैठकलाई बहिष्कार गरिएकाे देवचुली नगर अध्यक्ष सत्यनारायण भूषालले जनाउनु भयाे । प्रदेश समिति सदस्यमा नाम पठाउनु पूर्व जिल्ला समन्वयमा छलफल नभएकाे, पालिकाले पठाएकाे सिफारिसलाई बेवास्ता गरेकाे, सिफारिसमै नपरेका मान्छेकाे नाम प्रदेश सदस्यमा राखेकाे, स्थानिय चुनाबमा पार्टीलाई असहयाेग गर्नेहरू नै पुरस्कृत गरेकाे अाराेप बहिष्कार टाेलीले लगाएकाे छ । देवचुलीमा अध्यक्ष, एक उपाध्यक्ष, सचिव, काेषाध्यक्ष लगायत थुप्रै सदस्यहरूले राजिनामा दिएका छन् त्यस्तै कावासाेतीमा पनि तीन उपाध्यक्ष, सचिव, काेषाध्यक्ष लगायतले राजिनामा दिएका छन् ।
कावासाेतीका अध्यक्षकाे भने प्रदेशकाे बैठक अघि नै राजिनामा अाएकाे थियाे ।
माअाेवादी केन्द्रकाे जिल्ला समन्वयमा प्रत्येक नगरबाट निर्वाचित पदाधिकारीहरू ५/५ जना पदेन सदस्य रहने व्यवस्था छ ।