नेवाः देय दबुको गण्डकी प्रदेश अधिबेशन कावासोतीमा हुँदै

नवलपुर । ९ भदौ ।
नेवाः देय दबु गण्डकीको प्रथम प्रदेश अधिबेशन यही भदौ २३ र २४ गते नवलपुरको कावासोतीमा हुने भएको छ ।
अधिबेशनमा नेवाःदेय दबुका केन्द्रिय अध्यक्ष पबित्र बज्राचार्य, नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान सदस्य, किर्तिमर्दन जोशी, नेवाः देय दबु सोनिका (उपत्यका) अध्यक्ष श्रीकृष्ण महर्जन, प्रदेश सांसद जनकलाल श्रेष्ठ लगायत बिशिष्ठ पाहुनाहरूको उपस्थिति रहने छ ।
गण्डकी प्रदेशका जिल्ला, उप महानगर, नगर र पालिका तथा प्रदेश पदाधिकारी सहित अधिबेशनमा करिव २ सय बढीको सहभागिता रहने आईतबार कावासोतीमा पत्रकार सम्मेलन गरि जानकारी दिईयो ।
अधिबेशन पूर्व नेवार जातिको मौलिक परम्परा, भेषभूषा,भाषा र सांस्कृितक पक्ष सम्बन्धि प्रशिक्षण, शुकुण्डा रयाली, धिमे बाजा तथा लाखे नृत्यको समेत प्रदर्शन गरिने जनाईएको छ ।
पत्रकार सम्मेलनमा नेवाः देय दबु केन्द्रीय उपाध्यक्ष हरिकुमार श्रेष्ठ, गण्डकी प्रदेश कार्यवाहक अध्यक्ष हरिकुमार श्रेष्ठ, सचिव अर्जुन कुमार श्रेष्ठ, नवलपुर जिल्ला अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सचिव रामकुमार श्रेष्ठ, चन्दा वलामी, नगर अध्यक्ष भूवराज श्रेष्ठ लगायत नेवा मिसा देबु नवलपुरका अध्यक्ष सुमित्रा श्रेष्ठ, ल्याम्म पुच जिल्ला अध्यक्ष दिलमाया श्रेष्ठ लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी २३ गते ल्याम्म पुच नवलपुरका जिल्ला अधिवेशन पनि हुने छ भने २३ गते प्रशिक्षण एवम् सुकुन्डा र्याली हुने आयोजकले जनाएको छ ।
