अमलटारीमा झमटा प्रतियोगिता सम्पन्न
भाद्र २६, कावासोती । थारू महिलाहरुको महान पर्व जितियाको अवसर पारेर कावासोतीमा बृहत झमटा गित प्रतियोगिता कावासोतीको अमलटारीमा शनिबार सम्पन्न भएको छ । इको टुरिजम युथ क्लब कावासोती १७ अमलटारीले आफ्नो वार्षिकोत्सवसंगै जितिया पर्वको अवसरमा झमटा गित प्रतियोगिता आयोजना गरेको हो ।
थारु पत्रकार संघ, नेपाल जिल्ला शाखा नवलपुरको समन्वयमा संचालन भएको झमटा प्रतियोगितामा आधुनिक विधा तर्फ ३४ टिमको सहभागीता भयो भने पौराणिक तथा ऐतिहासिक विधा तर्फ ३७ टिम गरी जम्मा ७१ टिम सहभागि भएका थिए ।
सहभागी टिम मध्ये आधुनिक विधा तर्फ प्रथम स्थानमा बालकुमारी महिला समुह कावासोती १३ कुशनहर, दाेस्राेमा नवनिर्मित आमा समुह मध्यविन्दु ४ पणहुत र तृतियमा नारायणी बाढिपिडित समुह मध्यविन्दु ३ रतनपुरले क्रमश ः १० हजार, ७ हजार र ५ हजार बिजेता पुरस्कार प्राप्त गरे ।
त्यसैगरी पौराणिक तथा ऐतिहासिक विधा तर्फ प्रथम स्थानमा पिप्रहर आमा समुह देवचुली १७, दित्तियमा थारु सुधार झमटा समुह मध्यविन्दु १५ टिकुलिटार र तृतियमा मनकामना कैलाश महिला समुह मध्यविन्दु १५ प्रसौनीले क्रमश ः १० हजार, ७ हजार र ५ हजार बिजेता पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको अध्यक्षता इको टुरिजम युथ क्लबका अध्यक्ष बाल कुमारी महतोले गरेकी थिईन । शनिबार सम्पन्न भएको प्रतियोगितामा प्रतिनिधि सभा सदस्य माननिय तिलक महत, गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछाने, कावासोती नगरपालिका नगर प्रमुख विष्णु भुसाल, थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य विरेन्द्र चाैधरी , थरुहट राष्ट्रिय महिला माेर्चाका केन्द्रीय उपाध्यक्ष विकन कुमारी महताे , थारु महिला सभा नवलपुरका अध्यक्ष टीका कुमारी महताे ,एमालेका नेता भोजराज दहाल, कावासोती नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष चुरामणी थनेत सहित थारु अगुवा र महिलाहरुको वृहत सहभागिता रहेको थियो ।