मुक्तिनाथ विकास बैंक गिरुवारीको केन्द्र गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
हुप्सेकाेट, भदौ २८ । मुक्तिनाथ विकास बैंक गिरुवारी शाखाको आयोजनामा नवलपरासीको गिरुवारी बजारमा गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शाखा अन्तर्गत गठित महिला समुहको सहभागितामा हुप्सेकोट गाउँपालिका ०३, गिरुवारीमा सो कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै हुप्सेकोट गाउपालिका उपाध्यक्ष पुर्ण सिंह रानाले यस बैंकले गाउँ गाउँमा र बजार क्षेत्र गरी गाउँपलिका तथा समेटिएका क्षेत्रमा राम्राे भुमिका निर्वाह गरी छिटो छरितो सेवा प्रदान गरेको बताउनु भयो । अहिलेको अवस्थामा कर्जा लिदा उत्पादकमुलक क्षेत्र भनी कर्जा लिए पनि अनुउत्पादक क्षेत्रमा लगानी गर्दा समस्या बढेको पुर्ण सिहँ रानाले बताउनु भयो ।
मुक्तिनाथ विकास बैंक केन्दीय कार्यालयका ए.सी भि.सी प्रमुख श्री तेज गिरी र नारायणगढ शाखाका अनुगमन अधिकृत निर्मला लामिछाने ले बित्तीय साक्षरता बारे जानकारी गराउदै कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
यसै कार्यक्रमको अवसरमा मुक्तिनाथ कृषि कम्पनीका अनोज अधिकारीले कृषी कम्पनीले गर्दै आएका कार्यहरु र भावी योजना बारे प्रकास पार्दै कृषकलाई कम्पनीसंग जोड्न सकिने आधार बारे बताउनुभयो ।
वित्तिय साक्षरता तथा केन्द्र गोष्ठी कार्यक्रममा उष्कृट तीन महिला समुह र उष्कृट बचतकर्ता र सफल ब्यवसायीलाई सम्मान गरी पुस्कृत गरीएको थियो । सो कार्यक्रममा ६० जना महिलाको सहभागीता रहेको थियो ।
चन्द्रकला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका कर्मचारी शोभाकान्त पौडेलले संचालन गर्नु भएकाे थियाे । शाखा प्रमुख ढुण्डराज पौडेलले स्वागत मन्तब्य र डेस्क प्रमुख नवराज पौडेलले लघुबैंकिङ सेवाबारे प्रकाश पार्नुभएको थियो ।