लामखुट्टेकाे वासस्थान तथा फुल पार्ने ठाउँहरु नष्ट गर्ने अभियान
कावासाती । असाेज १ । नवलपुर उधाेग बाणिज्य संघ र स्वास्थ्य कार्यालय नवलपरासी ( ब.सु. पुर्व) काे संयुक्त अायाेजनामा लामखुट्टेकाे वासस्थान तथा फुल पार्ने ठाउँहरु खाेजाै र नष्ट गराै, हरेक सनिबार १० बजे १० मिनट लामखुट्टे न्युनिकरण अभियानशुभराम्भ कार्यक्रम अाज देखि नवलपुर जिल्लामा सुरुवात गरिएकाे छ ।
संस्थाका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालकाे अध्यक्षता एवम् नेपाल उधाेग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अाेम प्रसाद पाैडेलकाे प्रमुख अातिथ्यततामा संस्थाकाे सभाहलमा कार्यक्रम सम्पन्न भएकाे छ ।
अभियान शुभराम्भ कार्यक्रममा स्वास्थ कार्यालय नवलपरासी (ब.सु.पुर्व) का ल्याव टेक्निसियन निरिक्षक डिल्ली राम तिवारि ले लामखुट्टे न्युनिकरण गर्न अाफु बस्ने स्थानहरुमा सफा पानी जम्न नदिने, बङ्गुरलाई मानिस बस्ने स्थान भन्दा टाढा पाल्ने, शरिरमा शरीर पूरा ढाक्ने कपडा लगाउने, पानी जमेकाे स्थानमा मट्टीतेल हाल्ने गर्न सके लामखुट्टे न्युनिकरण गर्न सकिने बताउनु भयाे ।
तिवारिले अशाेज र कातिक महिनामा डेङ्गाे राेग सार्ने लामखुट्टे सक्रिय रहने भएकाेले सचेतना अभियान गाउँ गाउँ सम्म पुर्याउन उधाेगि, व्यापारिहरुलाई अाग्रह गर्नुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि पाैडेलले उधाेग बाणिज्य महासंघ सामाजिक उत्तरदायित्व अन्तरगत अभियान सफल बनाउन लाग्ने बताउनु भयाे ।
साेहि अवसरमा नवलपुर उधाेग बाणिज्य संघकाे कार्यालयमा विश्वकर्मा बाबाकाे पुजाकाे अवसरमा संघकाे कार्यालयमा बिश्वकर्मा पुजाअाजा समेत सम्पन्न गरेको थियाे ।
कार्यक्रम नवलपुर उधाेग बाणिज्य संघका महासचिव सागर पाेख्रेलले संचालन गर्नुभएकाे थियाे ।