नेत्तृत्व विकासका लागि ५ दिने उद्घोषण तालिम सम्पन्न
कावासाेती, आश्विन १ ।
प्रितम भुजेल ।
स्व: चम्पा बहादुर पुनको पूण्य स्मृतिमा स्व. चम्पा बहादुर पुन स्मृति परिवार कावासोतीको आयोजनाका साथै पुन समाज नवलपुरको सह-आयोजनामा कावासोती स्थित पुन समाज नवलपुरको सभाहलमा पाँच दिने उद्घाेषण तालिम सम्पन्न भएकाे छ ।
भाद्र २७ देखि ३१ गते सम्म संचालित पाँच दिने उद्घोषण तथा वाककला तालिमको समापन समारोह विविध सांस्कृतिक एवम् सांगीतिक कार्यक्रम बीच भव्यरुपमा सम्पन्न भएको हो ।
स्व. चम्पा बहादुर पुन स्मृति परिवार कावासोतीको आर्थिक सहयोगका साथै पुन समाज नवलपुरको पहलमा त्यस क्षेत्रमा रहेका आदिवासी जनजाति पुन समुदायका युवाहरुलाई लक्षित गरी पांच दिने उद्घोषण तथा वाककला तालिम कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कावासोती वडा न ५ का अध्यक्ष श्री निरज कुमार पुनले आदिवासी जनजाति युवाहरुले राज्यको मुल प्रवाहलाइ समात्न युवाहरुलाइ २१ औं शताव्दिको शिक्षा अनुरुप अगाडी बढ्न र अधिकार अरुले दिदैन आफै माग्न सक्नु पर्छ भन्दै नवलपुरमै आदिवासी जनजाति भित्र पुन समुदायलाई अव्बल र सक्षम जाती बनाउन आजैदेखि पहल गर्ने कुरामा जोड दिनु भएको थियो ।त्यसै गरी समापन समारोहमा आफ्नो मन्तव्य राख्दै विशिष्ट अतिथि समेत रहनु भएका पुन समाज नेपालका केन्द्रिय कोषाध्यक्ष हर्क बहादुर फगामी पुन एवम् पुन समाज नेपालका केन्द्रिय सदस्य देवकी गर्बुजा पुन , भुजेल समाज सेवा समिति नवलपरासीका सचिव जंग भुजेल , पुन युवा समिति नवलपुरका अध्यक्ष मनमाया पाइजा पुन, पुन समाज नवलपुरका सल्लाहाकार संयोजक क्याप्टेन सुक बहादुर तिलिजा पुन साथै
पुन महिला समिति नवलपुरका अध्यक्ष मीना पुनले आदिवासी जनजातिका सवालहरुलाई पेचिलो ढंगबाट प्रष्टाउदै कार्यक्रममा सहभागि युवा, महिला प्रशिक्षार्थी हरुलाइ उत्साहित बनाउदै सहजिकरण गर्न सफल हुनुभएकोमा सहजकर्ता प्रशिक्षक प्रितम भुजेल लाई विशेष आभार समेत व्यक्त गर्नु भएको थियो । यसै गरि मन्तव्यकै क्रममा विशेष अतिथि समेत रहनु भएका सहजकर्ता प्रितम भुजेलले तालिममा सिकेको सिकाइलाइ ब्यवहारिक जिवनमा संधै लागु गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मनतव्यकाे क्रममा बोल्दै स्व. चम्पा बहादुर पुन स्मृति परिवार कावासोतीका संस्थापक समेत रहनु भएका निलु पुनले आगामी दिनमा समाजको हितमा यस्ता अरु फरक फरक तालिमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।कार्यक्रलाई रोचक बनाउन तालिममा सहभागी प्रशिक्षार्थीहरु दिपा पुन, मन्जु पुन , शुस्मा पुन, मनमायां पुन , देवकी पुन , फुलमाया पुन, प्रमिला पुन,शान्ती पूर्जा पुन ,रुद्र ब .पुन ,दुल ब पुन ,यमकुमारी पुन ,मनिस पुन लगायतबाट बेजोड नृत्य र गायन प्रस्तुत गरिएकाे थियाे । प्रशिक्षार्थीको तर्फबाट तालिममा सहभागी हुदैं गर्दा संगालेको अनुभव र अनुभूति समेत प्रस्तुत गर्न पनि लगाईएको थियो। ।
पुन समाज नवलपूर का अध्यक्ष टेक बहादुर पुनको अध्यक्षता रहेको कार्यक्रमको संचालन पुन समाज नवलपुरका कोषाध्यक्ष प्रशिक्षार्थी ओम बहादुर फगामी पुनले गर्नु भएको थियो भने स्वागत मन्तव्य सक्रिय जनजाति युवा तिलिजा पुन समुहकी संयोजक लक्ष्मी पुनले राख्नु भएको थियो।।