औषधी व्यवसायी चितवनको अध्यक्षमा विनोद तिमिल्सिना ।
भूमीश्वर शर्मा
चितवन, ४ असोज । नेपाल औषधी व्यवसायी संघ चितवनको अध्यक्षमा विनोदप्रसाद तिमिल्सिना चयन हुनु भएको छ । सोमबार चितवनको सगुन पार्टी प्यालेसमा सम्पन्न सातौं अधिवेशनबाट संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी र सचिवमा टेकप्रसाद सापकोटा (वासु) निर्वाचित हुनु भएको छ भने कोषाध्यक्षमा रुद्रप्रसाद सापकोटा, उप कोषाध्यक्षमा नवराज कंडेल निर्विरोध निर्वाचित हुनु भएकोे छ ।
यसैगरी सदस्यहरुको लागि भएको निर्वाचनमा मेघनाथ पौडेल, विनोद नेपाल, विजय श्रेष्ठ विजयी हुनु भएको छ । अध्यक्ष, कोषाध्यक्ष र उप कोषाध्यक्ष निर्विरोध निर्वाचित हुनु भएको हो भने अन्य पदका लागि निर्वाचन भएको थियोे ।