हुप्सेकाेटमा साना किसान कृषि सहकारी अग्याैलीले गर्याे शैक्षिक सामाग्री बितरण
हुप्सेकाेट, ५ भाद्र ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड अग्याैली अन्तरगतकाे हुप्सेकाेट ३ गिरूवारीमा रहेकाे लालुपाते सेवा शाखाले हुप्सेकाेट २ मा रहेकाे जनता माध्यमिक विद्यालयमा बुधबार शैक्षिक सामाग्री वितरण गरेकाे छ ।
सेवा शाखामा रहेकाे सामाजिक बिकास काेष अन्तर्गतमा रहेकाे रकमबाट विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे हाे ।
साना किसान कृषि सहकारी संस्था अग्याैलीका अध्यक्ष तथा साे कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका हरि बहादुर बस्नेतले अहिले विभिन्न सहकारीहरूले अाफ्नाे पालामा बढि फाईदा देखाउन निकै प्रतिष्पर्धा भएकाे छ । फाईदाकै लागि मात्र प्रतिष्पर्धा नगरेर सामाजिक सेवाका लागि पनि प्रतिष्पर्धा गर्नु पर्ने बताउनु भयाे । अाफ्नाे संस्थाले फाईदाकाे १० प्रतिशत सामाजिक बिकासमा लगानी गरेकाे बताउनु भयाे । समाजमा रहेका विभिन्न शैक्षिक, धार्मिक, सामाजिक संस्था, स्वास्थ्य संस्था र समूहमै रहेका विभिन्न विपन्न परिवारलाई पनि सहयाेग गरेकाे बताउनु भयाे । साेही संस्थाका व्यवस्थापक तेजेन्द्र महताेका अनुसार हरेक बर्ष विभिन्न सेवा केन्द्रका विभिन्न अन्तर समूहबाट छुट्टाछुट्टै रकम विभिन्न क्षेत्रमा लगानी गरेकाे बताउनु भयाे ।
अाफूहरू संस्थाकाे उद्देश्य अनुरूप नै नाफामुखी मात्रै नभई सेवामुखी भएर लागेकाे समेत बताउनु भयाे ।
विद्यालयका प्रधानाध्यपक भाेजबहादुर दराईले प्राय मगर समुदाय भएकाे पहाडि गाउँमा रहेकाे विद्यालय निकै दयनिय अवस्थामा चलिरहेकाे, दुई बर्षदेखि माध्यमिक तह अध्यापन गराए पनि विद्यालयमा मा वि दरबन्दी नभएकाेले पालिका र समुदायकै सहयाेगमा चलिरहेकाे बताउनु भयाे । विद्यालयलाई अावश्यक पर्ने यति शैक्षिक सामाग्री पाउँदा पनि अाफूहरू निकै खुशी भएकाे समेत बताउनु भयाे । सहयाेगका लागि धन्यवाद दिदै अागामी दिनमा पनि सहयाेगका लागि अनुराेध गर्नु भएकाे थियाे । हुप्सेकाेटमा रहेकाे लालुपाते सेवा केन्द्रका संयाेजक शारदा काेईराला, हुप्सेकाेट २ का वडा सदस्य दिलमाया मिथुम, संस्थाका लेखा सदस्य गुरू सुवेदी, सल्लाहाकार सदस्य गुरू खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।
लालुपाते सेवा केन्द्रकाे १२ नं. अन्तर समूहकी अध्यक्ष शाेभा मल्लकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लालु पाते सेवा केन्द्रकै कर्मचारी तिलकुमारी घिमिरेले सहजिकरण गर्नु भएकाे थियाे ।