Shivam

उम्मेद्वारी फिर्ता गर्ने क्रममा एमाले कार्यकर्ताले लफडा मच्चाउँदा माअाेवादीका उम्मेद्वार किशन शर्मा घाईते

0
Burger

नवलपुर, असोज २६

पूर्वी नवलपरासीमा उम्मेदवारी फिर्ताको बिषयलाई लिएर झडप भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ बाट माओवादी केन्द्रका बाल कृष्ण गैरे (किशन शर्मा) उम्मेद्वारी फिर्ता लिन लाग्दा एमालेका कार्यकर्ता र गठबन्धनको कार्यकर्ता बिच हात हालाहालको स्थिति भएको थियो ।

उम्मेदवारी फिर्ता दिने आज दिउँसो १ बजे सम्म तोकिएको थियो । माअाेवादीकाे भागमा परेकाे क्षेत्र नं. २ मा काँग्रेसका विण्णु  कार्कीकाे पनि  उम्मेद्वार परेपछि माअाेवादी केन्द्रले काँग्रेसकाे भागमा परेकाे २ काे क मा माअाेवादीले पनि उम्मेद्वार दिएकाे थियाे । अान्तरिक रूपमा प्रदेश माअाेवादीले लिने र केन्द्र काँग्रेसलाई छाेड्ने सहमति भएकाे थियाे । प्रदेशका काँग्रेसका उम्मेद्वार विण्णु लामिछानेले फिर्ता लिए पछि संघीय उम्मेद्वार किशन शर्मा १ बज्न २ मिनेट अगाडि काेठाभित्र छिरिसक्नु भएकाे थियाे । फर्म भरेर दिने क्रममा समयभन्दा ढिलाे भएकाे भन्दै एमाले कार्यकर्ताले राेक्न खाेजे । त्यही क्रममा धकेलाधकेल गर्दै भित्र रहेका उम्मेद्वारलाई जबरजस्ती बाहिर धकेलिएकाे थियाे । बल प्रयाेग गरी उहाँलाई निकाल्दा खुट्टा, घाँटी र टाउकाेमा चाेट लागेकाे छ । सिटि स्क्यान गर्नु पर्ने भएकाेले उहाँलाई भरतपुर वा काठमाण्डाैं रिफर गर्ने तयारी भएकाे छ ।
भनाभनकै क्रममा हात हालाहाल पनि भएकाे थियाे । प्रहरीले बल प्रयाेग गरेर नै उम्मेद्वारसहित सबैलाई गेट बाहिर निकालेकाे थियाे ।

अाधा घण्टासम्मकाे छलफल पछि भने उहाँकाे उम्मेद्वारी फिर्ता भएकाे छ । प्रदेश सभा २ क मा माअाेवादी केन्द्रकाे तर्फबाट साैगम कुमार सिर्पालीकाे उम्मेद्वारी कायम रहेकाे छ । याे संगै माअाेवादी केन्द्र र काँग्रेसकाे चुनावी क्षेत्र साटासाट भएकाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।