Shivam

नवलपुरमा अनलाइन मिडिया एसाेसिएसन गठन, अध्यक्षमा कल्पित सुवेदी

0
Burger

नवलपुर, २९ असाेज। नवलपुरमा अनलाइन मिडियाहरुको तदर्थ समिती गठन भएको छ । आज कावासोतीमा नवलपुरका अनलाईन मार्फत समाचार संप्रेषण गर्ने डेढ दर्जन भन्दा धेरै अनलाइनका प्रतिनिधिहरु मिलेर अनलाइन मिडिया एसोसिएसन गठन गरेका छन् । ठुला मिडियाहरुले गर्दा साना अनलाइन मिडियाहरुले स्थान नपाउने हुँदा नवलपुरमा पनि अन्य क्षेत्रको जस्तै अनलाइन मिडियाको पनि संगठन बिस्तार गरि पारदर्शिता र जिम्मेवारीपूर्ण बनाउन समिति गठन गरिएको हो ।

जिल्लाका अनलाइन मिडियाहरुलाई एक्यबद्वता गराउने र संगठित भएर संचालन रहे अनलाइन मिडियाहरुको पनि प्रभावकारीता बढ्न सक्ने भन्दै राजु सुवेदी कल्पितको नेतृत्वमा १५ सदस्यीय तदर्थ समिती गठन गरिएको छ ।

संगठित १५ सदस्यीय तदर्थ समितिकाे उपाध्यक्षमा अर्जुन अविरल, सचिब निश्चल गौडेल , सह-सचिब तिर्थ राज काफ्ले , कोषाध्यक्ष शुष्मा सुनार रहनु भएकाे छ । त्यसैगरी सदस्यहरुमा खगेन्द्र पराजुली, धन प्रसाद पाण्डे (प्रिय धन ), ओमकार घिमिरे, सिर्जना पौडेल, निशा भण्डारी, सतिस राई, समर रानाभाट, शिखा कुवर, शारदा भट्टराई, राजकुमार श्रेष्ठ रहेका छन् ।
नवलपुरमा समग्र अनलाइन मार्फत समाचार संप्रेषण गर्ने पत्रकारहरुलाई जोडेर साझा संस्था बनाईने संस्थाका अध्यक्ष राजु सुवेदीले बताउनुभयाे ।
अहिलेलाई ईच्छुक भएका साथीहरूलाई समेटिएर सुरूवात् गरिएकाे र पछि बृहत् अधिवेशन सहित जिल्लाका सबै भूगाेल र मिडिया समेटेर समिति निर्माण गर्ने नवगठित संस्थाका अध्यक्ष सुवेदीले बताउनु भयाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।