संविधानकाे रक्षाकाे निम्ति गठबन्धनकाे अावश्यकता : मिनेन्द्र रिजाल
नवलपुर । १७ कार्तिक ।
संविधान रक्षाकाे निम्ति गठबन्धनकाे अावश्यकता परेकाे नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रि डा मिनेन्द्र रिजालले अाज अरूणखाेलामा भएकाे एक कार्यक्रममा बताउनु भएकाे छ । लाेकतान्त्रिक वाम गठबन्धन, निर्वाचन परिचालन समिति नवलपुर क्षेत्र नं. २ काे अायाेजनामा प्रशिक्षण कार्यक्रममा भएकाे थियाे । कार्यक्रममा रिजालले अाेलीले दुई दुई पटक संसद विघटन गरेकाे कारण हामीहरू एक हुनु परेकाे बताउनु भयाे । संविधान जाेगाउन सरकारमा पनि एक भयाैं र चुनावमा पनि एक भएका छाैं र भाेलिकाे दिनमा पनि सरकारमा एक हुने जनाएका छन् ।
त्यसैगरी साेही कार्यक्रममा माअाेवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले बिना हिचकाचाहट सबैले गठबन्धनमा मतदान गर्नु हुन अनुराेध पनि गर्नु भएकाे थियाे ।
नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले नेपाली जनताकाे समृद्धिका लागि अाफूहरू एक हुन परेकाे बताउनु भयाे ।
साेही प्रशिक्षण कार्यक्रममा माअाेवादी केन्द्रका पाेलिटव्यूराे सदस्य किशन शर्मा, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य सालिकराम सापकाेटा, प्रतिनिधि सभा क्षेत्र नं. २ का लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार विण्णु कार्की, २ क का उम्मेद्वार साेम सिर्पाली, २ ख का उम्मेद्वार डा गाेपाल खनाल, माअाेवादी केन्द्रबाट प्रतिनिधि सभाकाे समानुपातिक उम्मेद्वार तारादेवि कुमालले लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।
लाेकतान्त्रिक वाम गठबन्धन नवलपुरका संयाेजक हेमराज काेईरालाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला गठबन्धन समितिका सदस्य तथा माअाेवादी केन्द्र, नवलपुरका सचिव सुष्मा खनालले कार्यक्रमकाे सहजिकरण गर्नु भएकाे थियाे ।