Shivam

कैची बनेर काट्न हाेईन, सियाे बनेर सिलाउनुस् फाटेका मनहरू : दिनानाथ शर्मा

0
Burger

नवलपुर । १७ कार्तिक ।
माअाेवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले लाेकतान्त्रिक वाम गठबन्धन, चुनाव परिचालन समितिद्वारा अायाेजित नवलपुर क्षेत्र नं. २ काे प्रशिक्षण कार्यक्रममा गठबन्धनका नेता कार्यकर्तालाई यति बेला कैची बनेर काट्न हाेईन सियाे बनेर फाटेका मनहरू सिलाउनका लागि अाग्रह गरेका छन् । पार्टीमा काम गर्दा संगैका साथीहरूसंग तितामिठा भएका हुन सक्छन्, एकअर्कासंग मनमुटाव हुन सक्छ तर याे बेला कैचीले झै काट्न हाेईन कि सियाेले फाटेकाे मन सिलाउनका लागि पार्टी नेता कार्यकर्तालाई अनुराेध गरेका हुन् । सियाेमा धागाेकाे काम गठबन्धनले गर्ने हुँदा विचाररूपी धागाेले बेस्सरी सिलाउन निर्देशन नै दिएका थिए । पूर्व मन्त्रि समेत रहेका शर्माले बिना हिचकाचाहट सबैले अा अाफ्नाे क्षेत्रमा परेका गठबन्धनका उम्मेद्वारहरूलाई मतदान गर्नु हुन अनुराेध पनि गर्नु भएकाे थियाे ।


साेही कार्यक्रममा काँग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्रि डा मिनेन्द्र रिजालले संविधान रक्षाकाे निम्ति गठबन्धनकाे अावश्यकता परेकाे बताएका छन् । कार्यक्रमका तीन प्रमुख वक्ता मध्येका एक वक्ता समेत रहेका रिजालले अाेलीले दुई दुई पटक संसद विघटन गरेकाे कारण अाफूहरू एक हुनु परेकाे बताएका छन् ।
त्यसैगरी कार्यक्रमका अर्का प्रमुख वक्ता रहेका नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले नेपाली जनताकाे समृद्धिका लागि अाफूहरू एक भएकाे र जसले अाेलीकाे घमण्डलाई परास्त गर्ने बताएका छन् ।

साेही प्रशिक्षण कार्यक्रममा माअाेवादी केन्द्रका पाेलिटव्यूराे सदस्य किशन शर्मा, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य सालिकराम सापकाेटा, प्रतिनिधि सभा क्षेत्र नं. २ का लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार विण्णु कार्की, २ क का उम्मेद्वार साेम सिर्पाली, २ ख का उम्मेद्वार डा गाेपाल खनाल, माअाेवादी केन्द्रबाट प्रतिनिधि सभाकाे समानुपातिक उम्मेद्वार तारादेवि कुमालले लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।

यस क्षेत्रमा लाेकतान्त्रिक वाम गठबन्धनकाे साझा उम्मेद्वारकाे रूपमा प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट विण्णु कुमार कार्की, नवलपुर क्षेत्र नं. २ क मा माअाेवादी केन्द्रबाट साेम सिर्पाली र ख मा एकीकृत समाजवादीबाट डा गाेपाल खनाल रहेका छन् ।
साथै यस जिल्लाबाट समानुपातिककाे प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट विना थनेत, माअाेवादी केन्द्रबाट तारा कुमाल र राष्ट्रिय जनमाेर्चाबाट बिकाराम चाैधरी रहनु भएकाे छ । त्यसैगरी प्रदेश सभा तर्फकाे समानुपातिकमा नेपाली काँग्रेसबाट एक नारायण अधिकारी र गजेन्द्र बहादुर अाले, माअाेवादी केन्द्रबाट माेती रिजाल, कृण्ण प्रसाद भट्टराई, रितु रूचाल र पूर्ण थापा, एकीकृत समाजवादीबाट भरत तिवारी र राष्ट्रिय जनमाेर्चाबाट लक्ष्मी वि कलाई राखेकाे छ ।
प्रशिक्षण कार्यक्रम अरूणखाेलामा भएकाे हाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।