Shivam

मंसिर ४ मा एमालेले जिते बिकासको मूल फुट्ने

0
Burger

गोविन्द नेपाली  ।  कावासोती   ।                नवलपुरको २ वटा निर्वाचन क्षेत्रमा ने क पा एमालेका उम्मेदवारको समर्थनमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले विशेष अभियान थाल्ने भएको छ । नेकपा एमाले निकट मुक्ति समाज जिल्ला कमिटीको बैठकले एमालेका उम्मेदवारलाई विजयी गराउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुखी नेपाली समृद्ध नेपाल , संविधानको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको पक्षमा मतदान गर्न र गठबन्धनको बिपक्षमा उभिन समेत मुक्ति समाजले आह्वान गरेको छ । मुक्ति समाजले एमालेमा आबद्ध सबै कार्यकर्ता जिल्ला कमिटी नगर कमिटी र वडा लाई चुनाबी अभियानमा लाग्न जिल्ला अध्यक्ष दिपक वि.कले अनुरोध गर्नु भएको छ ।

नवलपुर का २ क्षेत्र मा १ मा कृष्ण पौडेल र २ मा तिलक महत प्रतिनिधि सभा को उमेदवार हुनुहुन्छ भने १( क) मा रबिन्द्र अधिकारी १ (ख ) मा रोशन गाहा मगर र २ (क) मा पद्मा जिसि श्रेष्ठ र २( ख) मा लक्षमण बहादुर पाण्डे प्रदेशसभा सदस्य पदका उम्मेदवार छन्  । महत र पौडेलले नवलपुरका दुबै क्षेत्र जिते बिकाशको मुल फुट्ने र नवलपुरको विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन अपिल गरे । महतले आफू भुईँ तहबाटै संघर्ष गरेर अहिले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेको बताउँदै जनताको प्रत्यक्ष सरोकारका विषयमा निरन्तर आवाज विहिनहरुको आवाज र बिकासको पहरेदार बन्ने प्रतिबद्धता जनाए ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बाबू राम बिश्वकर्माले चुनावी अभियानलाई तीब्र पार्ने र आफ्ना उमेदवारले जित्ने बिश्वास लिएको बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।