गठबन्धनकाे नयाँ सरकार बनेपछि लालपूर्जा बाड्छाैं : विण्णु कार्की
कावासाेती । २२ कार्तिक । नवलपुर क्षेत्र नं. २ का संघीय सांसदका उम्मेद्वार विण्णु कुमार कार्कीले गठबन्धनकाे नयाँ सरकार बने पछि लालपूर्जा बाड्ने बताउनु भएकाे छ । अहिले चुनावी अाचारसंहिताले राेकेकाले चुनाव सकिने बित्तिकै प्रकृया पुराएर गठबन्धनकाे सरकारले नै सुकुम्बासीलाई पुर्जा बाड्ने अास्वासन दिनु भएकाे छ ।
सुकुम्बासी समस्याकाे हलकाे लागि संघीय सरकारले बेलैमा पहल गर्न सकेन जस्ले गर्दा जनताले पुर्जा पाउन नसकेका बताउनु भएकाे भएकाे छ । एमालेले साढे तीन बर्षसम्म केही नगरेकाे कार्कीकाे भनाई छ ।
लाेकतान्त्रिक बाम गठबन्धनकाे चुनावी प्रचारकाे अभियानकाे क्रममा उक्त भनाई राख्नु भएकाे हाे ।
अाज कावासाेती वडा नं. ३ काे पुरानाे कावासाेती, नवदुर्गा चाेक, मानेचाेक, गणेशचाेक, कावासाेती १६ काे प्रिप्रेनी, र १४ नं. वडाकाे त्रिभुवनटारचाेकमा काेण सभा सम्मपन्न भएकाे थियाे ।
काेण सभामा थप्दै कार्कीले अालाेक चक्रपथकाे बजेटकाे लागि प्रदेश माननीय विण्णु लामिछानेले पहल गर्नु भएकाेले अरू दलले झुटा प्रचार नगर्न समेत अाग्रह गर्नु भएकाे थियाे ।
त्यसैगरी साेही कार्यक्रममा नवलपुर २ क का उम्मेद्वार साेम सिर्पालीले सुकुम्बासी समस्याकाे समाधानकाे लागि अाफूहरू पहिलाे अावश्यकताकाे रूपमा लाग्ने बताउनु भएकाे छ । जहाँ जहाँ जे समस्या छन् त्यही समस्यालाई पहिचान गरी अाफूहरू लाग्ने बताउनु भएकाे छ ।
काेण सभाहरूमा माअाेवादी केन्द्रका पाेलिटव्यूराे सदस्य किशन शर्मा, नेपाली काँग्रेसका प्रदेश महामन्त्री विण्णु लामिछाने, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य भागीरथ भट्टराई, राष्ट्रिय जनमाेर्चाकै प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार बिकाराम चाैधरी, नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश संयाेजक तथा माअाेवादी केन्द्रबाट समानुपातिक उम्मेद्वार माेति रिजाल लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।