Shivam

कावासोती १७ मा १३ करोड बढि रकममा ४९ योजना कार्यान्वयन हुँदै

0
Burger

कावासोती । कावासोती नगरपालिका वडा नम्बर १७ मा यस वर्ष १३ करोड बढि रकममा ४९ वटा योजना कार्यान्वयन हुँदैछन् । चालु आर्थिक वर्षमा नगरपालिका, प्रदेश र संघ मार्फत १३ करोड ६८ लाख ५० हजार बराबरका ४९ वटा योजना संचालन हुनलागेको १७ का वडा अध्यक्ष चुरामणी थनेतले बताउनुभयो ।
कावासोती नगरपालिकाको नगर स्तर र वडा स्तरमा गरेर ५ करोड बढिको योजना कार्यान्वयन हुँदै छन् । प्रदेश मार्फत एक करोड १५ लाख र संघमार्फत ७ करोड ३८ लाख बजेट बराबरको काम यसवर्ष वडामा संचालन हुने वडा अध्यक्ष थनेतले बताउनुभयो ।
कावासोती नगरपालिका र वडा स्तरबाट संचालन हुने योजनामा रासायनिक मल खरिद भण्डारण र व्यावस्थापन , आरन व्यवस्थापन , गुरुङ समाजको अधुरो भवन निर्माण, विद्यालयमा डेक्स बेन्च व्यवस्थापन प्रा.वि. , डिही बाटो स्तोरउन्नती, चिसापानी कलभट, बेल्टाडी बाटो स्तरउन्नती,रिसी थनेतको मिल अगाडी नाला निर्माण, ढोकी पुर्व टोल नाला निर्माण, गोछडा नाला निर्माण,गोछडाटार बाटो स्तोरउन्नती रहेका छन् । यसै गरि बरौलीटार कालोपत्र, अमलटारी कलभट र बाटो, सेतोपानी नाला निर्माण,डन्जोर खोला तटबन्ध,स्वयंसेविकालाई साईकल, युवाहरुलाई खेल सामाग्री , नमुना महिला कृषि तथा पशु समूह,स्वास्थ्य चौकी स्तोरउन्नती, बरौलीटार कालोपत्र, अधुरो भवन निर्माण बभनौल , अमलटारी जीतबाहन मन्दिर, गोछडाटार चर्च,बरौलीटार गुम्वा,शिवशक्ती हरीयाली सामुदायिक वन, खानेपानी पाइप विस्तार, एम्बुलेन्स खरिद,चिसापानी कालोपत्र, अभिवनकुला कलभट , फर्साघाट झोलुङगेपुल, डन्जोर खोलाबाटो मर्मत , ढोकी विद्यालय भवन निर्माण,गोछडा विद्यालय भनव निर्माण,गोरा नाला निरोपर्ण,ढोकी नाला निर्माण,ढोकी टीका क्षेत्रीटोल नाला,गोरसती तटबन्ध,वेलटाडी तल तटबन्ध,सेतापानी नाला निर्माण,अमलटारी इको टुरीजम युथ क्लब, बभनौली कुलो निर्माण , खाल्टाखुल्टी पुर्ने योजना यसैवर्ष संचालन हुने वडा अध्यक्ष थनेतले भन्नुभयो ।

प्रदेश सरकारको बजेट मार्फत अमलटारी बाटो स्तोरन्नती,गोछडा चोकबाट देवीचोक बाटो स्तरोन्नती र फर्साघाट गोरसतीबाटोको काम हुनेछन् । संघको बजेटबाट बेलटाडी पुल र डण्डा ,कोल्हुवा, गोछडाटार, लेढा सिमाना सम्मको बाटाको लागि ६ करोड बिनियोजना भएको सो काम समेत यसै वर्ष संचालन हुने वडा अध्यक्ष थनेतले बताउनुभयो । वडा भित्र रहेका योजनालाई समयमा सम्पन्न गराउन आफूहरु लागिपर्ने उहाँको भनाई छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।