जयगाेविन्द शाहकाे ३३ अाैं स्मृति दिवश नवलपुरमा पनि मनाईयाे

कावासाेती, २५ पाैष ।
नेपाली कम्युनिष्ट अान्दाेलनका अग्रणी नेता तथा किसान अान्दाेलनका हस्ती जयगाेविन्द शाहकाे अाज ३३ अाैं स्मृति दिवश नवलपुरकाे कावासाेतीमा पनि मनाईएकाे छ ।
नेपालकाे पूर्वी क्षेत्रका कम्युनिष्ट नेता भए पनि उनकाे याेगदानलाई कदर गर्दै अाज नवलपुरमा पनि उनलाई सम्झना गरिएकाे हाे ।
कार्यक्रम अवधि भर जयगाेविन्दकाे चर्चा, विगतमा चलेकाे कम्युनिष्ट अान्दाेलन र वर्तमानमा चलिरहेकाे कम्युनिष्ट राजनीतिकाे चर्चा गरिएकाे थियाे ।
निर्मल लामा स्मृति प्रतिष्ठान, नवलपुर शाखाका अध्यक्ष गुरू प्रसाद अधिकारीकाे अध्यक्षतामा चलेकाे कार्यक्रमकाे प्रमुख अतिथिमा प्रगतिशिल लेखक, साहित्यकार तथा जयगाेविन्दलाई नजिकबाट चिन्ने उहाँकै साथी डि अार पाेख्रेल रहनु भएकाे थियाे । त्यसैगरी कार्यक्रममा माक्सीय गुरूकुलका केन्द्रीय सचिव तथा माअाेवादी केन्द्रका पाेलिटव्यूराे सदस्य किशन शर्मा, नेकपा एसका जिल्ला अध्यक्ष सालिकराम भट्टराई, जनमाेर्चा नेपालका जिल्ला अध्यक्ष भागिरथ भट्टराई, देजमाेका जिल्ला अध्यक्ष पिताम्बर तिवारी, पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष धर्म केसी, स्वतन्त्र वाम बिश्लेषक तुलसी भुषाल, स्वतन्त्र वाम नेता श्याम शर्मा, रामकृण्ण श्रेष्ठ, माअाेवादी केन्द्रका पुराना नेता गाेविन्द अधिकारी लगायतकाले स्मृति कार्यक्रममा सम्बाेधन गर्नु भएकाे थियाे ।
जिल्लाका पुराना कम्युनिष्ट नेताहरूकाे उपस्थिति रहेकाे कार्यक्रमकाे सहजिकरण सत्यनारायण भूसालले गर्नु भएकाे थियाे ।
