बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को मनोनयन खुल्ला
काठमाण्डाैं, माघ ।
बिशाल मुभिजको आयोजनामा दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ हुने भएको छ ।
यही माघ १ गते बाट अवार्डको मनोनयन फाराम खुल्ला गरिएको छ । लोक तथा दोहोरी बिधासंग सम्बन्धित रहेर ३२ बिधामा अवार्ड गर्न लागिएको अवार्ड कार्यक्रमका
संयोजक धिरज खत्रीले जानकारी गराए । २०७८ बैसाखदेखि २०७९ मंसिरसम्म बजारमा आएका गीतहरुलाई अवार्डमा समाबेश गरिनुका साथै अाउँदाे फागुनको पहिलो साता उत्कृट पाँचको मनोनयन सार्वजनिक गरिने तथा चैतको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गरिने अायोजक संस्था बिशाल मुभिजका अध्यक्ष हुम गैरेले जानकारी गराए । ७ सदस्सीय जुरी निर्णायक रहेको अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएपछि भोटिङ् सुरु हुनेछ । एस.एम.एस. भोटिङ्बाट आएको मतलाई ४० प्रतिशत मान्यता दिईने छ भने ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत अयोजकको निर्णय लागु हुने अवार्ड कार्यक्रमका संयोजन खत्रीले जानकारी गराए ।