विमान दुर्घटनामा निधन भएका पत्रकारहरूकाे सम्झनामा नवलपुरमा श्रद्धाञ्जली कार्यक्रम
नवलपुर । माघ ७ । गत माघ १ गते काठमाण्डाैंदेखि पाेखरा जाने क्रममा यति एयरलाईन्सकाे दुर्घटना भएकाे विमानमा दुईजना पत्रकारकाे निधन भएकाे थियाे । तिनै निधन भएका पत्रकारद्वय त्रिभुवन पाैडेल र अनिल शाहीकाे सम्झना गर्दै नवलपुरमा पनि श्रद्धाञ्जली कार्यक्रम गरिएकाे छ । प्रेस सेन्टर नेपाल, नवलपुर शाखाकाे अायाेजनामा कार्यक्रम गरिएकाे हाे । मृतक त्रिभुवन प्रेस सेन्टर नेपाल, कास्कीकाे अध्यक्ष, गण्डकी प्रदेश अध्यक्ष हुँदै हाल केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश ईञ्चार्ज रहेका थिए । नेपाल पत्रकार महासंघ कास्कीमा २ कार्यकाल सचिव, उपाध्यक्ष हुँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकाे संस्थापक अध्यक्ष र हाल केन्द्रीय सदस्य रहेका पाैडेल माअाेवादी केन्द्र गण्डकी प्रदेश सदस्य समेत रहेका थिए ।
पत्रकार अनिल शाही प्रेस सेन्टर नेपाल, पाेखरा महानगर सदस्य थिए । दुवै जनाकाे अाज श्रद्धाञ्जली कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माअाेवादी केन्द्र, नवलपुरकाे जिल्ला कार्यलय कावासाेतीमा गरिएकाे हाे ।
कार्यक्रममा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक धनप्रसाद सापकाेटा, माअाेवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव सुष्मा खनाल, प्रेस सेन्टर नेपाल केन्द्रीय सचिव तथा पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष दिपक भट्टराई, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार श्रेष्ठ, ब्राेडकास्टिङ्ग एशाेसिएन अफ नेपाल (वान)का केन्द्रीय लेखा संयाेजक सागर पाेख्रेल, प्रेस युनियन नेपालका केन्द्रीय सदस्य घनश्याम बगाले, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश सदस्य रमेश बास्ताकाेटी, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव अर्जुन अविरल, प्रदेश सदस्य प्रितम भूजेल, प्रेस चाैतारी जिल्ला उपाध्यक्ष दयाराम अाचार्य लगायतले शाेक मन्तव्य राखेका थिए ।
कार्यक्रममा उहाँहरूले गरेकाे याेगदानकाे चर्चा गर्नुका साथै उहाँहरूकाे सच्चा सम्मानकाे निम्ति बाँकी रहेका काम पुरा गर्ने बताईएकाे छ ।