१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
गोविन्द नेपाली
कावासाेती, माघ ७ । नवलपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज कावासोती १७ गाेछडामा रहेको सरस्वती मावि गोछडामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । माघ ७, ८ र ९ गते गरि तीन दिनसम्म चल्ने प्रतियोगिताको आज गण्डकी प्रदेश सभा सदस्य पदमा जि सि श्रेष्ठले उद्धघाटन गर्नुभएको हो ।
प्रतियोगितामा नवलपुर जिल्ला भरका ३२ वटा विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स तर्फका विभिन्न बिधा सहित भलिवल, कपर्दी, टेकवान्दो र सितोरिया तर्फका सहित १७ खेलहरु खेलाइने छन् । तिन दिनसम्म चल्ने प्रतियोगिताबाट प्रथम हुने खेलाडीहरु गण्डकी प्रदेशमा हुने प्रदेश स्तरीय खेलमा जिल्लाबाट सहभागी हुने अवसर पाउने छन र द्वितिय र तृतीय हुने खेलाडीहरुले सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यसअघिकाे नगरस्तरीय कार्यक्रममा प्रथम र द्वितिय भएका खेलाडीहरूकाे यस कार्यक्रममा सहभागिता रहेकाे छ ।
आज भएको उद्धघाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य श्रेष्ठले खेलकुद स्वाथ्यका लागि ,राष्ट्रका लागि भएसंगै आय आर्जनको लागि समेत भएको बताउनुभयो । खेल क्षेत्रले व्यक्तीको स्वास्थ्यमा सुधार मात्रै नभई राष्ट्रलाई विश्वव्यापी रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख थलो भएको भन्दै खेलाडीहरु लाई खान, पान र स्वास्थ्यमा ख्याल राख्दै खेल खेल्न अनुरोध समेत गर्नु भयो । उहाँले खेलमा सहभागी खेलाडिहरुलाई अग्रिम बिजयको शुभकामना दिनुभयो ।
कार्यक्रम जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष सेतमान पुनको अध्यक्षतामा भएको थियो ।
उद्धघाटन कार्यक्रम पूर्व भएको औपचारिक कार्यक्रममा खेल संयोजन विद्यालय सरस्वती मा. वि.का प्रधान अध्यापक फणिन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको थियाे । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम बिश्वकर्माले खेल क्षेत्रको बिकाशको लागि आफू मातहतको संघ संस्थालाई बजेट तथा कार्यक्रमको लागि पहल गर्ने बचन तथा प्रतिबद्दता व्यक्त गर्नु भएको छ। आजको उद्धघाटन कार्यक्रममा बौदिकाली गाउँ पालिका सामाजिक बिकास समितिका प्रमुख तथा बौदिकाली २ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, हुप्सेकोट गाउँ पालिकाका पालिका शिक्षा अधिकारी माधबराज गौतम, कावासोती १२ का वडा अध्यक्ष धुर्ब खनाल (दिपेश), कावासोती १७ का वडा अध्यक्ष चुरामणि थनैत, राष्ट्रिय भलिबल संघका सचिब श्रीधर शर्मा, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रअहरु, खेल संयोजन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गौडेल, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी तथा खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण सरस्वती मावि गोछडाका सहायक प्रधान अध्यापक डिल्लीराम न्यौपानेले गर्नु भएको थियोे ।