Shivam

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, विण्णुनगर र त्रिभुवनटार प्रथम

0
Burger

अर्जुन अविरल ।                                                         नवलपुर, माघ ९ ।  नवलपुरकाे १५ अाैं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियाेगिता २०७९ सम्पन्न भएकाे छ । कावासाेती वडा नं. ६ मा रहेकाे जनता माध्यमिक विद्यालय, विण्णुनगर र कावासाेती १४ मा रहेकाे जनता माध्यमिक विद्यालय त्रिभुवनटारले बराबर पदकसहित प्रथम भएका छन् । प्रथम भएका विद्यालयले ५ स्वर्ण र २ कास्य प्राप्त गरेका छन् । सरस्वती माध्यमिक विद्यालय कावासोती १७ गोछडामा सञ्चालन भएकाे जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन नमुना मा वि देवचुलीले ४ स्वर्ण ५ रजत र ६ कास्य सहित द्वितिय स्थान हासिल गरेकाे छ । त्यसैगरी ४ स्वर्ण सहित त्रिभुवन मा वि बुलिङ्कार तृतीय भएकाे छ ।       सरस्वती मा वि गाेछडामा यहि माघ ७, ८ र ९ गते गरि तीन दिनसम्म सञ्चालन भएकाे हाे । त्यसैगरी एथ्लेटिक्स तर्फ ५ स्वर्ण सहित सर्वप्रथम जनता मा वि त्रिभुवनटार, ४ स्वर्ण २ कास्य सहित जनता माध्यमिक विद्यालय विण्णुनगर सर्वद्वितिय  र ४ स्वर्ण सहित त्रिभुवन मा वि बुलिङ्टार सर्वतृतीय भएकाे छ । एथ्लेटिक्समा सर्वाेत्कृष्ट छात्र तर्फ विण्णुनगरका लेखबहादुर झेडी, छात्रातर्फ बुलिङ्टारकी भगवती राम्जाली भएकी छन् ।
प्रतियोगितामा नवलपुर जिल्ला भरका ३२ वटा विद्यालयहरुको सहभागिता रहेको थियाे । प्रतियोगितामा एथलेटिक्सतर्फका विभिन्न बिधा सहित भलिवल, कपर्दी, टेकवान्दो र सितोरिया तर्फका सहित १७ खेलहरु खेलाइएकाे थियाे । प्रथम हुने खेलाडीहरु गण्डकी प्रदेशमा हुने प्रदेश स्तरीय खेलमा जिल्लाबाट सहभागी हुने अवसर पाउने छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको अध्यक्षतामा भएको समापन कार्यक्रमकाे प्रमुख अतिथि कावासाेती नगरपालिकाका उपमेयर फुलकुमारी थनेत रहनु भएकाे थियाे । कार्यक्रममा कावासाेती नगर शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारी, शिक्षा समन्वय प्रमुख रूद्र शर्मा, कावासाेती वडा नं. १२ का वडा अध्यक्ष धुर्ब खनाल (दिपेश), कावासोती १७ का वडा अध्यक्ष चुरामणि थनैत, विभिन्न विद्यालयका प्रधान अध्यापकहरु, खेल संयोजन विद्यालय सरस्वती मा वि गाेछडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा विभिन्न विधामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थी खेलाडी, सर्वाेत्कृष्ट हुने खेलाडी, सर्वप्रथम हुने विद्यालयलाई नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएकाे थियाे । विभिन्न सांकृतिक कार्यक्रमसहित समापन गरिएकाे कार्यक्रममा विभिन्न सहयाेगी संघ, संस्था र समूहहरूलाई पनि सम्मान गरिएकाे थियाे ।

अर्काे बर्ष हुने १६ अाैं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डकाे लागि कावासाेती १२ मा रहेकाे शान्ति निकुञ्ज माध्यमिक विद्यालयलाई झण्डा हस्तान्तरण गरिएकाे थियाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।