अखिल (क्रान्तिकारी), मध्यविन्दु बहुमुखी क्याम्पसकाे मूल ईकाई समिति गठन, अध्यक्षमा अनुप भण्डारी

कावासाेती, माघ १४ । नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), मध्यविन्दु बहुमुखी क्याम्पसकाे मूल इकाइ समिति गठन भएकाे छ । जसकाे अध्यक्षमा अनुप भण्डारी `अटल´, उपाध्यक्षमा विकास रानाभाट र मदन भूषाल, सचिवमा स्मृति कार्की, सहसचिवमा कञ्चन सुनार र काेषाध्यक्षमा अस्मिता देवकाेटा सहित २१ सदस्सीय मूल इकाइ समिति निर्माण गरेकाे छ ।
मूल ईकाई समितिकाे बिस्तारित बैठकबाट समिति चयन गरिएकाे हाे ।
त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनकाे मिति तय गरिसकेकाले अाफ्नाे संगठनले पनि मध्यविन्दु बहुमुखी क्याम्पसमा स्ववियू माग गर्ने तयारी गरिरहेकाे मूल ईकाई समितिका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समिति सदस्य अायुष ढकालले बताए ।
मूल ईकाई समितिकाे समितिका संयाेजक अायुष ढकालकाे अध्यक्षतामा बसेकाे बैठकमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर गैह्रे, पूर्व केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष अर्जुन अविरल, वर्तमान जिल्ला अध्यक्ष रामकृण्ण भण्डारी (सनराेज), प्रदेश समिति सदस्य सन्दिप महताे, पूर्व जिल्ला उपाध्यक्ष नविन पाठक लगायतकाे उपस्थितिमा भएकाे थियाे ।
