Shivam

समयमै सडक निर्माण नसकेकाे भन्दै डण्डाबासीद्वारा राजमार्ग बन्द

0
Burger

कावासोती, फागुन ३० ।
नारायणगढ–बुटवल सडक बिस्तारको क्रममा ठेकेदार चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै कावासाेती १६ डण्डावासीले राजमार्गमा यातायात रोकेर बिरोध जनाएका छन् ।

धुलो र धुँवाले बस्नै नसक्ने भएपछि बाध्य भएर सडक बन्द गर्न परेको सहभागी स्थानीयले बताए । सडकको धुलो धुँवाले स्वास्थ्य नै खतरामा परेको र रोगी बनाउन लागेको स्थानीयको आक्रोस छ ।

स्थानीयले चाइना स्टेट कम्पनिको विरुद्धका नारा लगाएका थिए । निर्माण कार्यलाई तीव्र बनाएर धुलो धुँवा कम निस्कने विधि नअपनाए अझै आन्दोलन चर्काउने स्थानीयको चेतावनी छ ।

सम्झौतामा साविकको पिच नभत्काइकन नयाँ लेन निर्माण गर्ने, नियमित पानी हाल्ने लगायतका कुरा समेटिए पनि चाइना स्टेट कम्पनीले पानीसमेत हालेको छैन भने सडकका भत्केका ठूला खाल्डा पनि पुरेको छैन ।

अान्दाेलनकाे नेतृत्व लिएका हेमराज दाहालले भने, ‘सडक निर्माण समयमै सकिनुपर्नेमा न निर्माण कम्पनीले गति बढाउँछ, न सरकारले हेर्छ । उल्टो म्याद थपिएको छ । तर, स्थानीयको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । हाम्रो फोक्सो खराब भइसक्यो ।’

राजमार्ग ठेक्का लिएको ३ वर्षको अवधिमा सडक निर्माणको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।

यो सडक खण्डमा २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत साउन २२ गते ३ वर्षे अवधि सकिए पछि एक वर्ष थपिएको हो । यस अघि अन्य क्षेत्रमा ६ लेन बनाउने तयारी हुँदा डण्डामा मात्र किन ४ लेनकाे सडक भन्दै विभिन्न ठाउँमा डेलिकेशन गएका थिए । तर त्यस विषयमा पनि कुनै सम्बाेधन नभएकाे डण्डाबासीकाे गुनासाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।