राष्ट्रसेवक सहकारी संस्थाहरुको गण्डकी प्रदेश स्तरीय प्रथम भेला नवलपुरमा
गाेविन्द नेपाली
नवलपुर, चैत्र ३ । निजामती कर्मचारी संगठनको अभिभावकत्वमा संचालित राष्ट्रसेवक सहकारी लिमिटेडको शुक्रबारदेखि दुई दिनसम्म संचालन हुने गरि प्रदेश भेला नवलपुरकाे प्रिपहर हाेमस्टेमा आयोजना भएकाे छ । नेपाल सरकारको सेवामा रहेर सेवा गरि रहेका तथा सेवा निवृतहरुको सहभागी हुने गरि राष्ट्रसेवक सहकारी संस्था लिमिटेड खोलिएको जनाइएको छ । कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाकाे अध्यक्षतामा भएको कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला प्रमुख अतिथि हुनु हुन्थ्यो । कार्यक्रममा निजामती कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतम संगठनकै महासचिव जीवन काफ्ले, जिल्ला समन्वय प्रमुख बाबुराम बिश्वकर्मा, कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुसाल, देबचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञान प्रसाद पनेरु, ने .क .पा.एमालेका जिल्ला अध्यक्ष मुक्ति राम पाण्डे सहित निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य विभिन्न जिल्लाका जिल्ला प्रतिनिधि समेतको उपस्थिति रहेको थियोे । उद्घाटन सत्रमा प्रमुख अतिथि लगायत विभिन्न अतिथिज्युहरूले गण्डकी प्रदेश भेलालाई शुभकामना दिएका थिए । कार्यक्रम शनिबार गण्डकी घोषणा पत्र जारी गर्दै सकिने छ । निजामती कर्मचारी सहकारी लिमिटेडले अहिलेसम्म ६८ जिल्लामा संगठन बिस्तार गर्दै करिब २५००० शेयर सदस्य सहित ३ अर्ब पुजिकाे कारोबार गरिरहेको जानकारी नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज केशव भटराईले जानकारी दिए।