Shivam

१७ बुँदे नवलपुर घोषणा पत्र जारि गर्दै २ दिने निजामती कर्मचारी सहकारीहरुको प्रदेश भेला सम्पन्न

0
Burger

 गोविन्द नेपाली ।                                            नवलपुर, चैत्र ४ ।                                  शुक्रबारदेखि नवलपुरको देवचुली स्थित पिप्रहर सामुदायिक होमस्टेमा संचालन भएको निजामती कर्मचारी सहकारीहरुको गण्डकी प्रदेश स्तरिय भेला आज सम्पन्न भएको हो । भेलाले १३ सदस्यीय प्रदेश सहकारी समन्वय समिति गठन गरेको छ । जसको संयोजकमा बागलुङका घन श्याम सापकोटा रहेका छ्न् । भेलाले १७ बुदे नवलपुर घोषणा पत्र पनि जारी गरेको छ । निजामति कर्मचारी सहकारीले अहिलेसम्म देश भर ६८ जिल्लामा सहकारी स्थापना गरेको र सहकारीमा २५००० भन्दा बढी सदस्य रहेको र यसको कुल पुजि ३ अर्ब भन्दा बढी रहेको नेपाल निजामती कर्मचारी संगठनका सहकारी बिभाग प्रमुख रेवन्त गौतमले जानकारी दिनु भयो । नवलपुर जिल्लामा पनि छिट्टै निजामती कर्मचारी सहकारी खोली नवलपुरमा सेवा प्रदान गर्दै निजामती कर्मचारीलाई सहकारी मार्फत् नेपाल निजामती कर्मचारी संगठन वृद्धि गर्ने लक्ष्य रहेको कुरा बनाउनु हुन्छ नेपाल निजामती कर्मचारी संगठन नवलपुर जिल्ला अध्यक्ष कमल प्रसाद पोख्रेल । सहकारीले नेपाल निजामती कर्मचारी संगठनले भोलिदेखि नै आ – आफ्नो कार्यलयमा सेवाग्राहीलाई नमस्कार अभियान चलाउने नीति समेत प्रदेश भेलाले पास गरेको छ । आगामी मंसिरमा हुने राष्ट्रिय भेलामा २०% सदस्य सहित सहकारीको पुजि समेत वृद्धि गर्दै अब सहकारी बचत तथा ऋण भन्दा माथी उठ्दै राष्ट्रिय गौरवको आयोजनामा पनि लगानी गर्ने सोचमा निजामती कर्मचारी सहकारी रहेको जानकारी नेपाल निजामती कर्मचारी संगठन का गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले बताउनु भयो । भेलाको उद्घाटन कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला प्रमुख अतिथि हुनु हुन्थ्यो कार्यक्रममा निजामती कर्मचारी संगठनका उपाध्यक्ष तथा सहकारी बिभाग प्रमुख रेवन्त गौतम संगठनकै महासचिव जीवन काफ्ले, नवलपुर जिल्ला समन्वय समितिका प्रमुख प्रमुख बाबुराम बिश्वकर्मा, कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुसाल, देबचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञान प्रसाद पनेरु, ने .क .पा.एमालेका जिल्ला कमिटी अध्यक्ष मुक्ति राम पाण्डे, सहित निजामती कर्मचारी संगठनका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्य, प्रदेश सदस्य, विभिन्न जिल्लाका जिल्ला प्रतिनिधि समेतको उपस्थिति रहेको थियोे । उद्घाटन सत्रमा जिल्लामा विभिन्न ब्यक्तिहरु सहित कार्यक्रमका प्रमुख अतिथि लगायतले गण्डकी प्रदेश भेलालाई शुभकामना दिएका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।