Shivam

कावासोतीको कुमारवर्ती क्याम्पसमा सत्ता गठबन्धनकाे प्यानल नै विजय

0
Burger

नवलपुर ,  चैत्र ६ ।                                      नवलपुरमा रहेकाे कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले सत्ता गठबन्धन दलको विद्यार्थी प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित भएका छन् ।

चापागाईंले २ सय २९ मत ल्याउँदा प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत पाए । यहाँ नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए । निर्वाचन समितिका अनुसार यहाँ विजयी टिमले दुई तिहाईभन्दा बढी मत ल्याएको छ ।

सचिवमा नेविसंघका कुमार सिंजाली मगरले २ सय १७ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सृजना पौडेलले ४९ मत ल्याए । कोषाध्यक्षमा नेविसंघका वर्षा खरेलले २ सय १२ मत ल्याएर विजयी भए । अनेरास्ववियुका सलिना भण्डारी ४५ मत ल्याएर पराजित भए ।

खुला सदस्यहरुमा नेविसंघका सृजना श्रेष्ठ , कृष्ण रिजाल र क्रान्तिकारीबाट लोकमाया दर्लामी मगर निर्वाचित भए । समानुपातिकतर्फ सदस्यमा नेविसंघकै पवन भुर्तेल , रेखा बस्याल , प्रतीक भुसाल , सीता न्यौपाने र सुशील महतो निर्वाचित भए ।

यसअघि नै तीनवटा क्याम्पसमा निर्विरोध समिति चयन भैसकेको छ । कालिका बिद्यापिठ गैंडाकोटमा नेविसंघको एकल प्यानल, एसपिएम कलेज गैडाकाेटमा नेविसंघ र क्रान्तिकारीकाे प्यानल निर्विरोध भैसकेको छ भने अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर निर्वाचन परिणाम घोषणा गरिएको हो ।

नवजागरण बहुमुखी क्याम्पसमा भने विद्यार्थी भर्नाको विषयलाई लिएर तालाबन्दि भएपछि स्ववियु निर्वाचन अनिश्चित भएको छ । नेविसंघले नयाँ विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै एमाले निकट अखिलले क्याम्पसमा तालाबन्दी गरेकाले निर्वाचन हुन नसकेको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।