देश र जनताकाे पक्षमा कलम चलाउनुस् : महरा
नवलपुर, चैत्र १८ । माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले पत्रकारहरूलाई देश र जनताकाे पक्षमा कलम चलाउन अाग्रह गरेका छन् । शनिबार प्रेस सेन्टर नवलपुरको साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
`माअाेवादी, काँग्रेस, एमालेकाे समाचार नलेखे पनि हुन्छ तर देश र जनताकाे विषयमा निरन्तर समाचार लेखिरहनुस् ,’ उनले भने । देश अाफ्नै शक्तिले मात्र नचलेकाे उनले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीनैजना नेताहरुले चाहेर पनि अाफ्नै शक्तिमा चल्न नसकेकाे बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महराले अहिले देशमा बन्दुक नै उठाउने बेला नभए पनि बन्दुकजस्तै अर्को शक्तिशाली चिज ‘कलम’ उठाउनुपर्ने बेला भएको टिप्पणी गरे । पत्रकार सधैं सरकारको प्रतिपक्ष हुने भएकाले सोहीअनुसार कलम चलाउन पनि उनले आग्रह गरे । प्रेस सेन्टर नेपाल, नवलपुरका अध्यक्ष भूमिश्वर पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, केन्द्रीय सचिव बाेमलाल गिरी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष रामकुमार श्रेष्ठ, प्रेस चाैतारीका केन्द्रीय सदस्य बिद्राेही गिरी, प्रेस युनियनका केन्द्रीय सदस्य घनश्याम बगाले, प्रेस चाैतारी नवलपुरका अध्यक्ष शालिकराम काेईराला लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपालका प्रदेश सचिव अर्जुन अविरलले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रमकाे सहजिकरण प्रदेश सदस्य प्रितम भूजेलले गर्नु भएकाे थियाे ।