तीन दिने महिला शसक्तिकरण तालिमकाे उद्घाटन
प्रितम भुजेल ।
देवचुली, बैशाख २ ।
`सामाजिक विकास र मूल प्रवाहीकरणका लागि तीन दिने महिला शसक्तिकरण तालिम´को उद्घाटन समारोह अाज देवचुलीकाे प्रगतिनगरमा सम्पन्न भएकाे छ ।
देवचुली नगरपालिका वडा नं-१५ को आयोजनामा देवचुली -१५ कै जागृतीटोल स्थित माहाराजा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बैशाख २ गते देखि ४ गतेसम्म संचालन हुन लागेकाे हो ।
वडा नं-१५ को सक्रिय पहलमा त्यस क्षेत्रमा रहेका युवा महिलाहरुलाई लक्षित गरी तालिम आयोजना गरिएकाे हो । कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासैनीले २१ औं शताव्दीका महिला र युवाहरुले राज्यको मुल प्रवाहलाइ समात्न युवाहरुलाई २१ औं शताब्दीको शिक्षा अनुरुप अगाडी बढ्न अाग्रह गरे । त्यस्तै शसक्तिकरणलाई विकृति भन्दा पनि सकरात्मक पाटोमा जोड्न आग्रह गर्दै नवलपुरमै देवचुली भित्रका महिला समुदायलाई अव्बल र सक्षम जनशक्ती बनाउन आजैदेखि पहल गर्ने कुरामा जोड दिनु भएको थियो ।त्यसैगरी महिलाका सवालहरुलाई पेचिलो ढंगबाट प्रष्टाउदै कार्यक्रममा सहभागि युवा, महिला प्रशिक्षार्थीहरुलाइ उत्साहित बनाउदै सहजिकरण गर्न अनुरोध गरे । तालिममा सरिक सहजकर्ता प्रशिक्षकद्वय विशेष अतिथि समेत रहनु भएका प्रशिक्षक प्रितम भुजेल र राम व्लोन तामाङलाई विशेष आभार समेत व्यक्त गर्नु भएको थियो ।
यसै गरि विशेष अतिथि समेत रहनु भएका सहजकर्ता प्रितम भुजेलले तालिममा सिकेको सिकाइलाइ ब्यवहारिक जिवनमा संधै लागु गर्न आग्रह गर्नुभएको थियो।
कार्यक्रममा धन्यवाद मनतव्यकाे क्रममा बोल्दै देवचुली -१५ का वडा अध्यक्ष सुरेस कुमार रानाभाटले आगामी दिनमा समाजको हितमा यस्ता अरु फरक फरक तालिमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
देवचुली -१५ का वडा अध्यक्ष सुरेस कुमार रानाभाटको अध्यक्षता रहेको कार्यक्रमको संचालन वडा सदस्य माया सुवेदीले गर्नु भएको थियो भने स्वागत मन्तव्य अनिता सुनारले राख्नु भएको थियो।