Shivam

सिक्दै कमाउँदै विद्यार्थी

0
Burger

महाेत्तरी । हातमा किताब र कापी बोकेर महोत्तरीको बर्दिबास-३ स्थित जनता मावि गौरिडाँडामा पढ्न गएका विद्यार्थी धान थन्क्याउने चटारोमा छन् ।

बाली विज्ञानको ३ वर्षे डिप्लोमा पढिरहेका विद्यार्थी प्रयोगात्मक सिकाई अन्तर्गत गत असारमा रोपेको धान अहिले थन्क्याउने र आम्दानी गर्ने समय भएकाले विद्यार्थी विद्यालयमा नभई खेतमा धान काटिरहेका विद्यालयका प्रधानाध्यापक दिपक बरालले बताए ।

जनता माविको करिब साढे तीन बिघा जग्गामा अहिले बाली र पशु विज्ञान पढ्ने विद्यार्थीले खेती र पशुपालन गरि सिक्दै कमाउँदै गरिरहेका बरालले जानकारी दिए । धान,गहुँ, मकैसँगै विद्यार्थीले तरकारीमा च्याउ,टमाटर,लौका,घिरौला जस्ता खेती गरिरहेका र उक्त खेतिबाट उत्पादन भएको खाद्यन्न तथा तरकारी बिक्री गरिरहेका बरालले बताए । सिक,गर र कमाउ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई विद्यालयले रहेको क्षण फोकल शिक्षकहरुको उपस्थितीमा प्रयोगात्मक शिक्षामा विशेष जोड दिइरहेको बरालले बताए ।

प्राविधिक शिक्षा अन्तर्गत पशु विज्ञान अर्न्तगत जनता माविमा पढ्ने विद्यार्थीले अहिले ५ सय लोकल कुखुरा र २५ वटा बंगुर पालन गरिरहेका विद्यालयले जनाएको छ । ४० प्रतिशत नतिजा विद्यार्थीले प्रयोगात्मक विधिको ल्याउनुपर्ने भएकाले नतिजाका लागि मात्रै नभएर विद्यार्थीहरु वास्तविक प्रयोगात्मक सिकाईबाट दक्ष बन्दै गएका बाली विज्ञान विषयका फोकल शिक्षक प्रज्वल भट्टराईले बताए ।

सँगैसँगै पढाइ र काम गरेर आम्दानी समेत हुन थालेपछि निकै खुशी लागेको बाली विज्ञान दोश्रो वर्षमा अध्ययन गरिरहेकी विद्यार्थी शोशिला कुमारी मण्डलले बताइन् । यस वर्ष पनि आम्दानी हुने खुशीसँगै जीवनउपयोगी शिक्षाका लागि धान उत्पादनमा आफूले निकै मिहेनत गरेको उनले सुनाईन् ।

प्रत्यक वर्ष विद्यार्थीहरुले प्रयोगात्मक सिकाइका लागि लगाएको बालीबाट आम्दानी गर्दै आएका विद्यालयले जनाएको छ । तरकारीबाट भएको आम्दनी, पशु पालनबाट भएको आम्दानी र अन्न उत्पादनबाट भएको आम्दानी विद्यार्थीले खुसीले यति कमाई भयो भनेर विद्यालयलाई सुनाउने गरेको प्रध्यानाध्यापक बरालले बताए । गतवर्ष ४० मन धान विद्यार्थीले उत्पादन गरेका थिए । यस वर्ष पनि विद्यार्थीको मिहेनतबाट उत्पादन भएको धान थ्रेसर लगाएर थन्क्याउँ विद्यालयले थ्रेसर बन्दोबस्त गरिरहेको बरालले बताए । विद्यालय र शिक्षकको योजना र शिक्षण विधिसँगै दक्ष विद्यार्थी बनाउने गतिविधिमा धान रोप्ने,गोढ्ने,काट्ने र थन्क्याउने कार्यमा विद्यार्थीले सक्रिय सहभागिता जनाएको प्रअ बरालले बताए ।

सुनिता बराल , महाेत्तरी । (कान्तिपुर दैनिकबाट साभार )

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।