Shivam

अमेरिकामा छायांकन हुने फिल्म ‘तेल भिसा’ले गर्‍यो कास्टिङ-कल

0
Burger

काठमाडौं । बिपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारलाई लिएर निर्माण हुन लागेको फिल्म ‘तेल भिसा’ले कास्टिङ कल आह्वान गरेको छ ।

शंकर घिमिरेको निर्देशन गर्ने यो फिल्मले अमेरिकामा खिचिने दृश्यका लागि बाँकी कलाकारको अडिसन आह्वान गरेको हो । चैतको दोस्रो साता (अप्रिल १)देखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट यो फिल्मको छायांकन सुरु हुँदैछ ।

अडिसनमा विभिन्न उमेर समूहका अमेरिकीसहित अफ्रिकी, पाकिस्तानी, मेक्सिकन, कोरियाली, दक्षिण एसियालीसहित भिन्न वर्णका विदेशी मुलका महिला पुरुषका लागि कास्टिङ कल गरिएको हो ।

अडिसनमा भाग लिन अमेरिकामै बसोबास गर्ने व्यक्ति हुनुपर्ने सर्त राखिएको छ । आवेदकमा अभिनय कलासँगै अमेरिकी रहनसहन, भाषा र भेषभुषाको राम्रो ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ ।

अडिसनमा सहभागिता जनाउन इच्छुक ब्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन क्रिएसनलाई मेल गर्नुपर्ने भएको छ । फोटोसहि बायोडाटा पठाउनुपर्ने जनाइएको छ ।

नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणमा लोकप्रियता कमाएको सेभेन सिज इन्टरटेनमेन्टसँग मिलेर वेलडन क्रिसनले फिल्म निर्माण गर्न लागेको हो । ‘तेल भिसा’को ७० प्रतिशत छायाँकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसीसहित विभिन्न लोकेशनमा हुने जनाइएको छ ।

बाँकी छायांकन नेपालमा गर्ने तयारी छ । फिल्म निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटीसहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन भने विभिन्न लोकेसन पर्मिटका लागि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीसहितले अमेरिकी सराकारको तर्फबाट छायांकनमा सहयोग गर्ने जनाइएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।