Shivam

संसद्‌मा गृहमन्त्रीले बोल्ने, लगत्तै टीओआर कार्यदलको बैठक

0
Burger


काठमाडौं, ६ जेष्ठ ।
प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लगाएको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन लागेका हुन्।
जसका लागि केहीबेरमा प्रतिनिधिसभा बैठक सुचारु हुुँदैछ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, आजको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्नेबाहेकका कुनै कार्यसूची अघि बढ्दैनन्।
गृहमन्त्रीजीले बोल्दा आज प्रतिपक्षीले अवरोध गर्दैन। त्यसपछि आजको हाउस अन्य कार्यसूची रहँदैन,’ उनले भने।लगत्तै संसदीय छानबिन समितिसम्बन्धी टीओआर लेखन कार्यदलको बैठक बस्ने उनले जानकारी दिए। त्यसपछि पनि बैठक बसेर हामी अघि बढ्छौँ, अहिलेसम्म कुरा टुंगिएको छैन, हामी यो बैठकपछि फेरि बस्छौँ,’ उनले भने।

आइतबार बिहान झण्डै ९ बजेदेखि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। कार्यदलमा सहमति जुट्न नसकेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की लगायतका नेताहरू पुगेका थिए। यद्यपि सहमति जुट्न सकेन।
सहमति नजिक पुगेपनि अझै केही छलफल बाँकी रहेको भन्दै नेताहरू अहिले संसद् भवन पुगेका छन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।