Shivam

रुपन्देहीमा सयौं जना जनमतमा प्रवेश, ८४ अघि संघर्षका लागि तयार रहन राष्ट्रिय सचिवको निर्देशन

0
Burger

भैरहवा ।   रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता–कार्यकर्ता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी रुपन्देहीले शनिवार लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पर्सामा आयोजना गरेको पालिका स्तरीय पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा उनीहरु जनमतमा प्रवेश गरेका हुन् ।उनीहरुलाई जनमतका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय सचिव यादवले पार्टीमा नवप्रवेशीहरुलाई समेत समय संगै उचित जिम्मेवारी दिने बताए । उनले २०८४ अघि मधेशको स्वाभिमान , पहिचान , सुशासन एवं सम्पूर्ण कार्यकारी पदको प्रत्यक्ष निर्वाचन प्रणालीको माग गर्दै संघर्षका कार्यक्रमहरु  गर्ने बताए । उनले असमानजनक निर्वाचन क्षेत्रको भुभागको पुन सिमाङ्कन र रेखाङ्कन गर्न र दलिय सिण्डिकेट अन्त्यको लागि पुन संघर्ष गर्ने बताए ।

फरक प्रसंगमा कुरा गर्दै राष्ट्रिय सचिव यादवले संगठन सुधार र पार्टीलाई संगठित बनाएर लैजान सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । जनमत पार्टी छ त सबै चिज सम्भव छ भन्ने नारालाई स्थापित गर्ने गरी काम गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा रुपन्देहीको गैंडहवा गा पा ,लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकाको संयुक्त पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको रुपन्देही जिल्ला इन्चार्ज तथा कार्यक्रममा अध्यक्ष रामकेश गुप्ताले जानकारी दिए । उनले सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टी प्रवेश गरेको बताए ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सांसद तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता , पार्टीका केन्द्रीय सदस्यहरु , प्रदेश सदस्य, जिल्ला र पालिका का नेता कार्यकर्ता ज्यूहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।