लुम्बिनीका मुख्यमन्त्री आचार्यद्धारा भाइटीका ग्रहण
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाइटीका ग्रहण गर्नु भएको छ । शुभ साईत बिहान ११ बजेर ३७ मिनेटमा मुख्यमन्त्री आचार्यले भाइटीका ग्रहण गरेको उहाँको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री आचार्यले जेठी दिदी शारदा पौडेल, माईली दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीको हाटबाट टीका ग्रहण गर्नु भएको हो ।
यस्तै मुख्यमन्त्री आचार्य सहित उहाँका जेठा दाई बावुराम आचार्य, साईलो भाई खुविराम आचार्य र कान्छो भाई माधव आचार्यले समेत दिदीबहनीको हातबाट टीका ग्रहण गर्नु भएको छ ।
यसैविच तिहारको अवसरमा शुभकामना दिदै मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताउनु भएको थियो ।
तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने समेत आशा व्यक्त गर्नु भएको थियो ।
कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ ।